आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

सभामुख विरुद्धको मुद्दा ‘हेर्न नमिल्ने’

बुधबार, १३ असोज २०७८, १४ : ४२
बुधबार, १३ असोज २०७८

सभामुख अग्निप्रसाद सापकोटाविरुद्धको मुद्दा हेर्न नमिल्ने सूचीमा राखिएको छ । वैधानिक इजलासमा उनीविरुद्धको मुद्दाको पेसी तोकिएकामा हेर्न नमिल्नेमा राखिएको हो । 

सुनुवाइका लागि प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको संयोजकत्वमा न्यायाधीशहरू दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडाको इजलास गठन गरिएको छ । सभामुख विरुद्धका अवहेलना र द्वन्द्वकालमा  काभ्रेका अर्जुन लामाको हत्या गरी तीन मुद्दा आजका लागि सुनुवाइ तोकिएको थियो।

उक्त मुद्दा न्यायाधीश हरिकृष्ण कार्कीले हेर्न नमिल्ने भएका कारण सुनुवाइ हुन नसकेको बताइएको छ । यसअघि १६ भदौमा पनि यो मुद्दा संवैधानिक इजलासमा राखिएकामा हेर्न नमिल्ने भनी सुनुवाइ स्थगित भएको थियो । 
 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप