शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

प्रदेश–२ का मुख्यमन्त्रीको कार्यालयमा अख्तियारको छापा (भिडियो)

बुधबार, १३ असोज २०७८, १४ : २७
बुधबार, १३ असोज २०७८

धनुषाको जनकपुर स्थित प्रदेश–२ का मुख्यमन्त्रीको कार्यालयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छापा मारेको छ । आयोगले मुख्यमन्त्रीको कार्यालयमा छापा मारेर  साइकल खरिद सम्बन्धी कागजात जफत गरेको छ । बर्दिबासबाट गएको आयोगको टोलीले साइकल खरिदबारे कागजात लिएको अख्तियारका प्रवक्ता (सहसचिव) नारायणप्रसाद रिसालले रातोपाटीलाई बताए । उनले भने– ‘स्थलगत छानविनका लागि टोली गएर कागजात लिएको छ ।’ 

प्रदेश–२ सरकारले  ‘मुख्यमन्त्री बेटी पढाऊ, बेटी बचाऊ’ कार्यक्रमका लागि ११ करोड १७ हजार मूल्यको साइकल किनेको थियो । साइकल खरिदमा कम्पनी नखुलाई किनेर भ्रष्टाचार गरेको भन्दै आयोगमा उजुरी परेको थियो । साइकल खरिदबारे  सक्कल कागजात ल्याएर विस्तृत अनुसन्धान गरिने आयोगका प्रवक्ता रिसालले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप