बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय

पाल्पा अस्पतालमा मृत्यु भएका गुल्मीका पुरुषको शव पोस्टमार्टमका लागि बुटवल पठाइयो

बुधबार, १३ असोज २०७८, १४ : २३
बुधबार, १३ असोज २०७८

पाल्पाको मिसन अस्पतालमा गएराति उपचारका लागि आएका एक बिरामीको मृत्युपछि प्रहरीले उनको शव पोस्टमार्टमका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा पोस्टमार्टमका लागि पठाएको छ । पाल्पाका प्रहरी प्रमुख एसपी सन्तोष भट्टराईका अनुसार गुल्मीको रुरुक्षेत्र गाउँपालिका–१ निवासी रमेश ज्ञवालीको मंगलबार राति उपचारकै क्रममा अस्पतालमा मृत्यु भएको हो ।

मृतकका भाइले कुटपिटबाटै मृत्यु भएको दाबी गर्दै अनुसन्धानको माग गरेपछि प्रहरीले शव पोस्टमार्टमका लागि बुटवल पठाउने निर्णय गरेको एसपी भट्टराईले जानकारी दिए ।

मृतकका दाजु पदम ज्ञवाली घरायसी झगडामा पति–पत्नीबीच कुटपिट भएको आशंका गरेका छन् । उनले मृतकको समवेदनशील अंगमा चोट लागेको बताए पनि प्रहरी र अस्पताल स्रोतले भने घाइते हुँदाको अवस्था र चोटबारे केही खुलाएको छैन ।

गुल्मीका प्रहरी प्रमुख एसपी गोपालचन्द्र भट्टराईले घटनाबारे थप अनुसन्धान भइरहेको बताए । शवको पोस्टमार्टम रिपोर्ट आएपछि मात्र यसबारे थप बताउन मिल्ने उनको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप