जापानको सत्तारुढ दलको अध्यक्षमा किशिडा निर्वाचित, चाँडै प्रधानमन्त्री बन्ने
जापानको सत्तारुढ दलको नयाँ अध्यक्षका रुपमा फुमिओ किशिडा निर्वाचित भएका छन् । लिवरल डेमोक्रयाटिक पार्टी (एलडीपी) को निर्वाचन समितिले बुधबार उनलाई निर्वाचित भएको घोषणा गरेको हो । जापानका पूर्व विदेशमन्त्री समेत रहेका किशिडाले २५७ मत ल्याएर जित हासिल गरेका गरेका छन् । उनका प्रतिस्पर्धी तारो कोनोले भने १७० मत ल्याएका थिए ।
नवनिर्वाचित अध्यक्ष किशिडा पार्टीको संसदीय दलको अध्यक्षमा समेत निर्वाचित भइ प्रधानमन्त्री समेत हुने सम्भावना रहेको छ । आगामी अक्टोबर ४ तारिखका दिन उनी प्रधानमन्त्रीमा निर्वाचित हुने अधिकारीहरुले जनाएका छन् । उनले वर्तमान प्रधानमन्त्री योशिहिडे सुगालाई विस्थापित गर्नेछन् । सुगाले पार्टी अध्यक्षमा उम्मेदवारी नदिएपछि किशिडाले निर्वाचित हुने मौका पाएका हुन् ।
सरकारलाई प्रभावकारी रुपमा सञ्चालन गर्न नसकेको र कोरोनाभाइरसको महामारीको सन्तोषजनक व्यवस्थापन गर्न नसकेको भन्दै आलोचना भएपछि सुगाले प्रधानमन्त्रीबाट आफै पछि हट्ने निर्णय गरेका हुन् । उनी प्रधानमन्त्री भएको झण्डै एक वर्षमै विदा हुन लागेका छन् ।
नवनिर्वाचित अध्यक्ष किशिडा अहिले ६४ वर्षको भएका छन् । उनको जन्म टोकियोकै शिबुया सहरमा भएको हो । उनी सन् १९९३ देखि प्रतिनिधिसभाको सदस्य रहँदै आएका छन् । सन् २०१२ देखि २०१७ सम्म विदेश मन्त्री बनेका किशिडा आफ्नो पार्टीको नीति अनुसन्धान परिषद्को अध्यक्ष पनि भएका थिए ।
जापानको राजनीतिक परिवारका सदस्य किशिडाका बुवा र हजुरबुवा समेत प्रतिनिधिसभाको सदस्य रहेका थिए । –सिन्ह्वा
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हस्पिट्यालिटी क्षेत्रमा भिन्न उपस्थिति-‘हर्ष बाटिका’
-
अमेरिकाको म्याडिसनस्थित एक स्कुलमा गोली चल्यो, संदिग्ध छात्रसहित तीन जनाको मृत्यु
-
१२ बजे, १२ समाचार : रविविरुद्ध ३ मुद्दादेखि घट्यो दाल, चामल, तेल र चिनीको बजार भाउसम्म
-
सक्षम र नैतिकवान नागरिक तयार गर्नु सबैको दायित्व : मुख्यमन्त्री कार्की
-
स्थानीय तहमा विपद व्यवस्थापन संस्थागत हुन सकेन : अध्ययन
-
पुटिनद्वारा सन् २०२४ लाई ‘ऐतिहासिक’ वर्ष घोषणा