लुम्बिनी प्रदेश सभा बैठक फेरि स्थगित
बुधबार, १३ असोज २०७८, १३ : ५०

लुम्बिनी प्रदेश सभाको बैठक फेरि स्थगित भएको छ । आज दिउँसो १ बजेका लागि बोलाइएको बैठक स्थगित भएको प्रदेश सभा सचिवालयले सूचनामार्फत जनाएको छ । प्रमुख प्रतिपक्षी दल नेकपा एमाले संसदीय दलले पार्टीको विधान महाधिवेशनमा सहभागी हुनुपर्ने कारण देखाएपछि बैठक सारिएको प्रदेशसभा सचिवालयले जनाएको छ ।
प्रदेश सभाको अर्को बैठक यही असोज २० गते बुधबार दिउँसो १ बजेका लागि बोलाइएको प्रदेशसभा सचिव दुर्लभ पुन मगरले बताए । लुम्बिनी प्रदेश सभा एमालेले दुई सांसद विमला वाेली र अजय बहादुर शाहीलाई कारवाही गर्न माग गर्दै आएकाे छ, सोही माग पुरा हुन नसक्दा एमालेले बैठक अवरुद्ध पार्दै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दर्शन नपढाई दर्शनभित्रै पाठकलाई घुमाइरहने उपन्यास ‘अर्हत्’
-
कृषि क्षेत्रमा १० प्रतिशत बजेट विनियोजन गर्न एमालेकाे माग
-
पूर्वाधारमा आक्रमण गरेको भन्ने पाकिस्तानको दाबी 'झूटो' : भारत
-
देशभरिका खानेपानी आयोजनालाई उच्च प्राथमिकतामा राखेर बजेट विनियोजन हुन्छ : मन्त्री यादव
-
फिफाको नयाँ निर्णय : सन् २०३१ देखि सुरु हुने महिला विश्वकपमा ४८ टोली सहभागी हुने
-
युरोपेली शीर्ष नेताहरूको युक्रेन भ्रमण : युक्रेनप्रति गहिरो ऐक्यबद्धता प्रकट