शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

फिल्म ‘थेत्लङ्’ को अमेरिकामा विषेश प्रदर्शन

बुधबार, १३ असोज २०७८, १२ : ३४
बुधबार, १३ असोज २०७८

किशोर सुब्बाको निर्देशन रहेको फिल्म ‘थेत्लङ्’ को विषेश प्रदर्शन अमेरिकामा हुने भएको छ । किराँत याक्थंङ् चुम्लुङ् अमेरिकाको विशेष पहलमा फिल्मको विषेश शो आयोजना हुन लागेको हो । १४ नोभेम्बर २०२१ फिल्मको विषेश शो ग्यालजुङ्ग हल युएसएमा राखिएको निर्देशक सुब्बाले बताए । ओपेरा क्रियशन्स प्रोडक्सनको ब्यानरमा निर्मित फिल्म सिक्किमका विभिन्न रमणीय स्थानमा छायाङ्कन गरिएको हो ।

फिल्ममा बिशाल सेनेहांड्, दिव्या लिम्बु, संगीता सम्बाहाम्फे, सोनु ताम्लिंङ्, शान्ति लिम्बु, शर्मिला यक्सो, हस्त लिबांड्, सागर केरुङ्ग, सुखवीर लिम्बु लगायतका कलाकारको अभिनय देख्न सकिन्छ । मनि ताम्लिङ् र विराज लिम्बु निर्माता रहेको फिल्ममा  दिनेश लिम्बुको नृत्य, कुल्बा सुब्बाको संगीत छ । फिल्मले लिम्बु जातीको एक परम्परा कथाको रुपमा उठाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप