मङ्गलबार, १८ असार २०८१
ताजा लोकप्रिय

जावाको दसैँ तिहार बहारः हरेक लेजेन्डरी बाइकको खरिदमा जावा ज्याकेट तथा कस्टम हेलमेट उपहार

बुधबार, १३ असोज २०७८, ११ : ४०
बुधबार, १३ असोज २०७८

यस दसैं तथा तिहारको उपलक्ष्यमा जावाले ग्राहकमूखी योजना प्रस्तुत गरेको छ । नेपाली सडकमा आधुनिक एवं आकर्षक मोटरसाइकलका रुपमा परिचित यस बाइकले आफ्ना नयाँ खरिद गर्ने ग्राहकलाई प्रोफेसनल राइडिङ ज्याकेट (जावा इन्डुरो शीथ) तथा कस्टम जावा हेलमेल प्रदान गर्नेछ ।

जावा प्रोफेसनल राइडिङ ज्याकेट वास्तवमै ४ वटै मौसमको लागि उपयुक्त हुनुका साथै सुपर भेन्टिलेटेड आउटर सिल तथा हेभी डुटी कपडाको प्रयोग गरी तयार पारिएको छ । यसको सोल्डर र एल्बोमा प्रयोग भएको आर्मरद्वारा प्रमाणीकरण गरिएको छ । त्यसै गरी यसको कस्टम हेलमेलले चालकलाई स्टाइलको साथ सुरक्षा समेत प्रदान गर्दछ ।

लेजेन्डरी जावा बाइक दसकौं पहिलादेखि चेक कम्पनी जावा मोटोले निर्माण गर्दै आएको छ । यो १९२९ मा चेकोस्लाभाकियाको प्रागमा स्थापित कम्पनी हो । स्थापना कालदेखि नै यो कम्पनी अग्रणी कम्पनीका रुपमा रहदैं आएको छ ।

नेपालमा जावा बाइक नेपालको स्थापित कम्पनी अग्नि मोटोइन्क प्रा.लिले भित्र्याएको हो । अग्नि मोटोइन्क अग्नि ग्रुप अन्तर्गत स्थापित भगिनी संस्था हो । नेपालभरी अग्नि मोटोइन्कको हाल १३ बटा डिलर नेटवर्क रहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप