बहुविवाह मुद्दामा फरार दुईजना पक्राउ
बुधबार, १३ असोज २०७८, ११ : ३५
बहुविवाह मुद्दाका फरार दुईजना अभियुक्तलाई जिल्ला प्रहरी कार्यालय तनहुँले पक्राउ गरेको छ । पक्राउ पर्नेमा तनहुँको ऋषिङ गाउँपालिका घर भएका २९ वर्षीय नर बहादुर थापा र भिमाद नगरपालिका–४ घर भएकी मीना कुमारी थापा छिन् ।
उनीहरुविरुद्ध तनहुँ जिल्ला अदालतले २०७५ असोज १५ मा १० महिना १९ दिन कैद सजायको फैसला गरेको थियो । फैसलासँगै उनीहरु फरार भएका थिए । अदालतले फैसला गरेको ३ वर्षपछि उनिहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँका डिएसपी युवराज तिमिल्सिनाले रातोपाटीलाई बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकाले चिनियाँ सामानमा कर वृद्धि गर्दा भारतबारे किन मौन ?
-
आजपाले चैत २४ गते काठमाडौँमा प्रदर्शन गर्ने
-
अधिराजकुमारी सोफीयाद्वारा भक्तपुर अस्पतालको प्रसूति सेवाबारे चासो
-
कसले पाउला रतन टाटाको डेढ खर्ब भारुको सम्पत्तिमा हक ?
-
राजस्व चुहावट नियन्त्रणलाई थप प्रभावकारी बनाउन सिंहदरबारमा छलफल
-
जसपा नेपालमा भयो कार्य विभाजन : कसले के जिम्मेवारी पाए ?