शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

प्रधानमन्त्री भेट्न बालुवाटार पुगे प्रचण्ड

बुधबार, १३ असोज २०७८, ११ : २०
बुधबार, १३ असोज २०७८

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न बालुवाटार पुगेका छन् । पार्टीको स्थायी समिति बैठक बस्नुअघि प्रचण्ड प्रधानमन्त्रीलाई भेट्न बुधबार बिहान बालुवाटार पुगेका हुन् । माओवादी केन्द्रको स्थायी समिति बैठक साढे १२ बजे बस्दैछ । त्यसअघि बालुवाटार पुगेका प्रचण्ड र प्रधानमन्त्री देउवाबीच मन्त्रिपरिषदलाई पूर्णता दिनेबारे छलफल भएको बुझिएको छ ।

गत आइतबार बसेको सत्ता गठबन्धनको बैठकमा प्रधानमन्त्री देउवाले मन्त्रिपरिषदलाई पूर्णता दिन गठबन्धनका तर्फबाट मन्त्री हुनेहरुको नाम दिन आग्रह गरेका थिए । सत्ता गठबन्धनमा रहेको नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीका कारण मन्त्रिपरिषद विस्तारमा ढिलाई हुदै आएको छ । आइतबारको बैठकमा दलहरुबीच चाँडै मन्त्रिपरिषद विस्तार गर्ने सहमति बनेपनि उनीहरुले अझै आन्तरिक तयारी गरिनसकेको बालुवाटार स्रोतले जनाएको छ । गठबन्धनमा रहेका जसपा उपेन्द्र यादव उपत्यका बाहिर रहेको र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल केही बिसन्चो भएकाले मंगलबार बस्ने भनेको शीर्ष नेताहरुको बैठक समेत बस्न सकेको छैन ।

‘आज उपेन्द्रजी काठमाडौ आइपुग्नुहुन्छ, माधवजीलाई पनि अलि सञ्चो भयो भने आज वा भोलिसम्म छलफल गरेर बिहीबार वा शुक्रबार भित्र मन्त्रिपरिषदले पूर्णता पाउँछ’, गठबन्धनका एक नेताले रातोपाटीसँगको कुराकानीमा भने । गठबन्धनमा रहेका ५ मध्ये चारवटा पार्टी सरकारमा सहभागी हुने भएपनि उनीहरुबीच कुन कुन मन्त्रालय कसले पाउने भन्ने ठोस सहमति भैसकेको छैन । असार २९ मा प्रधानमन्त्री नियुक्त भएका शेरबहादुर देउवाले काँग्रेसका चार र माओवादी केन्द्रका दुई मन्त्री नियुक्त गरेपनि अझै १८ जना मन्त्री नियुक्त हुन सकेका छैनन् ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप