बानेश्वरमा महिलालाई बन्धक बनाएर सम्पती हडप्ने प्रयास
काठमाडौंको नयाँ बानेश्वरस्थित कात्यानी चोकमा एक महिलालाई बन्धक बनाएको आरोपमा प्रहरीले दम्पतीलाई पक्राउ गरेको छ । कात्यानी चोकमा डेरा गरेर बस्ने मोरङको विराटनगर उपमहानगरपालिका–१७ घर भएका ३९ वर्षीय निरज शर्मा र नीतु शर्मालाई पक्राउ गरिएको प्रहरी परिसर काठमाडौंका एसपी रमेश बस्नेतले रातोपाटीलाई बताए । ३८ वर्षीया पीडित महिलाले आफुलाई निरजले बन्धक बनाएर बलात्कार समेत गरेको आरोप लगाएकी छन् ।
पतिसँग डिभोर्स गरेकी ती महिलासँग निरजको पूर्व चिनजान थियो । निरजले उनलाई डेरामा ल्याएर ३ दिन बन्धक बनाएको र फाइनान्स सञ्चालक समेत बोलाएर उनको विराटनगरको जग्गा जबर्जस्ती पास गर्न खोजेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ । बन्धक बनाएको घरबाट भागेर प्रहरीलाई खबर गरेपछि सोमबार राती महानगरीय प्रहरी वृत्त बानेश्वरबाट खटिएको टोलीले निरज र उनकी पत्नी नितुलाई पक्राउ गरेको हो ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण