बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

'हाइपसरसोनिक' क्षेप्यास्त्र परीक्षण गरेको उत्तर कोरियाको दाबी

बुधबार, १३ असोज २०७८, १० : ३६
बुधबार, १३ असोज २०७८

उत्तर कोरियाले मंगलबार बिहान पूर्वी तटमा फायर गरेको क्षेप्यास्त्र नयाँ प्रविधिको रहेको त्यहाँको सरकारी मिडियाले जनाएको छ । यस हाइपसरसोनिक मिसाइलले उत्तर कोरियाको रक्षा क्षमतालाई अभिवृद्धि गर्ने कोरियन सेन्ट्रल न्युज एजेन्सी (केसिएनए) ले जनाएको छ । यस मिसाइललाई रणनीतिक हतियार भनिएको छ । 

उत्तर कोरियाले आणविक र ब्यालेस्टिक क्षेप्यास्त्र बनाउन बन्द गर्ने र त्यसको बदलामा अन्तर्राष्ट्रिय समुदायले उत्तरमाथि थोपरेको आर्थिक नाकाबन्दी खुकुलो गर्ने विषयमा चलिरहेको वार्ता लामो समयदेखि अवरुद्धजस्तै छ । यस्तो अवस्थामा उत्तरले पनि निरन्तर रूपमा हतियार निर्माण गरिरहेको छ । 

मंगलबार मिसाइल लन्च कार्यक्रममा सर्वोच्च किम उन जोङ उपस्थित थिएनन्, तर शीर्ष अधिकारी पाक जोङ चोन यस कार्यक्रममा उपस्थित रहेको केसीएनएले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप