काँग्रेस अधिवेशन : कर्णालीबाट एउटा पालिकामा मात्र महिला सभापति
नेपाली काँग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत कर्णालीका ६० वटा स्थानीय तहमा पार्टीको नयाँ नेतृत्व चयन भएको छ । ७९ वटा स्थानीय तह रहेको कर्णालीका डोल्पा र सुर्खेत जिल्लाका बाहेक अन्य जिल्लाका ६१ पालिकामा अधिवेशन गरिएको थियो ।
जाजरकोटको कुशे गाउँपालिकामा दुई पक्षबीचको विवादका कारण अधिवेशन स्थगित भएको छ भने ६० पालिकामा काँग्रेसको नेतृत्व चयन भएको छ ।
पार्टी सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षबीच नै अधिकांश पालिकामा प्रतिस्पर्धा भएको थियो ।
कालिकोट, रुकुम पश्चिमसहित केही जिल्लामा सर्वसम्मत नेतृत्व चयन गरिएकाले धेरैजसो पालिकाका सभापतिको खेमा स्पष्ट हुन सकेको छैन ।
हुम्लामा काँग्रेस नेता जीवनबहादुर शाहीको प्रभावका कारण पौडेल पक्ष कमजोर देखिएको छ । दैलेख, सल्यान, जुम्ला, जाजरकोट, मुगु जिल्लामा पौडेल पक्ष नै अगाडि देखिएको छ ।
समग्रमा अघिल्लो पटक कर्णालीमा वर्चश्व राखेको पौडेल पक्षले नै यो पटक पनि कर्णालीका पालिकास्तरमा आफ्नो पकड कायम राखेको छ । पालिका अधिवेशन सकिएसँगै अब जिल्ला अधिवेशनतिर सबैको ध्यान केन्द्रित हुन थालेको छ ।
वडा तहको निर्वाचनमा महिला र युवाहरुको सहभागिता उल्लेख्य देखिए पनि पालिकाको निर्वाचनमा भने महिलाको उपस्थिति अत्यन्त न्यून छ । ६० स्थानीय तहमा अधिवेशन भएकोमा कालिकोटको पलाता गाउँपालिकाको नेतृत्वमा धीरा बम एकमात्र महिला सभापतिका रुपमा चयन भएकी छन् ।
हुम्ला
हिमाली जिल्ला हुम्लामा पालिका तहको अधिवेशनमा संस्थापन पक्षबाट कर्णाली प्रदेशसभामा प्रतिनिधित्व गर्ने सांसद जीवनबहादुर शाही र पौडेल पक्षका पूर्व सांसद रिता शाहीबीचमा प्रतिस्पर्धा भएको देखिन्छ । यद्यपि, नेपाली काँग्रेसका केन्द्रीय सदस्यसमेत रहेका शाहीले आफ्नो वर्चश्वलाई गुम्न दिएका छैनन् । यसअघिका चुनावजस्तै पालिकास्तरको निर्वाचनमा उनले आफ्नो वर्चश्व कायम गरेको देखिन्छ ।
७ वटा स्थानीय तहमध्ये सर्केगाड गाउँपालिका बाहेक ६ पालिकामा सर्वसम्मत रुपमा आफ्नै पक्ष अर्थात् सभापति शेरबहादुर देउवा पक्षकालाई सभापति चयन गराएका छन् । शाही आफू भने केन्द्रमा सहमहामन्त्रीको दाबेदारका रुपमा देखिएका छन् ।
को–को बने सभापति ?
—नाम्खा गाउँपालिकामा : सोनम बहादुर लामा (देउवा पक्ष)
—सिमीकोट गाउँपालिका : धर्मराज रोकाया (देउवा पक्ष)
—खार्पूनाथ गाउँपालिका : तप्त बहादुर शाही (देउवा पक्ष)
—चङ्खेली गाउँपालिका : नरबहादुर भण्डारी (देउवा पक्ष)
—अदानचुली गाउँपालिका : विष्णु भण्डारी (देउवा पक्ष)
—ताँजाकोट गाउँपालिका : कृष्ण बहादुुर मल्ल (देउवा पक्ष)
—सर्केगाड गाउँपालिका : धनराज शाही (पौडेल पक्ष)
रुकुम पश्चिम
६ वटा स्थानीय तह रहेको रुकुमपश्चिमा मुसिकोट नगरपालिका बाहेकका स्थानी तहमा सर्वसम्मत नेतृत्व चयन गरिएको छ ।
मुसिकोट नगरपालिकामा शेरबहादुर देउवा पक्षका प्रेम ओली विजयी भएका छन् भने अन्य पालिकाका सभापति बनेकाहरुको गुट स्पष्ट खुलेको छैन ।
को–को बने सभापति ?
—मुसिकोट नगरपालिका : प्रेम ओली (देउवा पक्ष)
—आठबीसकोट नगरपालिका : अमृत बोहोरा
—चौरजहारी नगरपालिका : प्रेमबहादुर ओली
—बाँफिकोट गाउँपालिका : जनक कुमार बाँठा
—सानोभेरी गाउँपालिका : सन्तोष रोकाया
—त्रिवेणी गाउँपालिका : दीपेन्द्र कुमार ओली
दैलेख
वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षको बलियो पकड क्षेत्र मानिएको दैलेखमा पौडेल पक्षले नै आफ्नो वर्चश्व जमाएको छ ।
११ वटा स्थानीय तह रहेको दैलेखका ६ पालिकामा पौडेल पक्षको पुरै टिम विजयी भएको छ भने पाँच पालिकामा शेरबहादुर देउवा पक्ष विजयी भएको छ ।
पाँचमध्ये दुल्लु नगरपालिकामा ५०/५० प्रतिशत भागवण्डाको आधारमा देउवा पक्षका लालबहादुर रावतलाई सभापति बनाइएको छ । रावत दुल्लु नगरपालिका–७ का वडा अध्यक्षसमेत हुन् भने दुल्लु नगरपालिकाको मेयर पदमा रहेका घनश्याम भण्डारीले जिल्ला सभापतिमा उम्मेदवारी दिएका छन् ।
रावत सभापति बन्नुमा भण्डारीको भरपुर सहयोग समेत रहेको देखिन्छ । आठबीस नगरपालिकामा यसअघिकै सभापति अर्जुनबहादुर शाही दोहोरिएका छन् । अघिल्लो कार्याकालमा उनी कुनै पक्षमा खुलेका थिएनन् । त्यसैले उनलाई दुईवटै पक्षबाट सहयोग प्राप्त भएको थियो । यद्यपि, उनी संस्थापन पक्षबाटै चुनाव लडेका थिए ।
को–को बने सभापति ?
—नारायण नगरपालिका : मनोज कुमार थापा (देउवा पक्ष)
—दुल्लु नगरपालिका : लालबहादुर रावत (सर्वसम्मत, देउवा पक्ष)
—आठबीस नगरपालिका : अर्जुन शाही (देउवा पक्ष)
—चामुण्डाबिन्द्रासैनी नगरपालिका : जगत बहादुर शाही (देउवा पक्ष)
—डुङ्गेश्वर गाउँपालिका : जगतबहादुर शाही (देउवा पक्ष)
—ठाटीकाँध गाउँपालिका :विष्णु रिजाल (पौडेल पक्ष)
—गुराँस गाउँपालिका : चन्द्रप्रसाद भट्टराई (पौडेल पक्ष)
—भगवतीमाई गाउँपालिका : खगेन्द्रबहादुर शाही (पौडेल पक्ष)
—भैरवी गाउँपालिका : हेमलाल जैशी (पौडेल पक्ष)
—महावु गाउँपालिका : कर्णबहादुर शाही (पौडेल पक्ष)
—नौमुले गाउँपालिका : गंगबहादुर शाही (पौडेल पक्ष)
कालिकोट
नेपाली काँग्रेस कालिकोटले सर्वसम्मत रूपमा नेतृत्व चयन गरेको छ । शेरबहादुर देउवा पक्ष र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका जिल्ला तहका नेताहरुबीच आपसी छलफल गरेर वडादेखि जिल्ला तहकै नेतृत्व सर्वसम्मत गर्ने कालिकोटमा काँग्रेसको तयारी छ । त्यसलै पनि पालिका सभापति बनेकाहरुको खेमा भने स्पष्ट हुन सकिरहेको छैन ।
को–को बने सभापति ?
—खाँडाचक्र नगरपालिका : भानुभक्त आचार्य
—तिलागुफा नगरपालिका : धिरेन्द्र थापा
—पलाता गाउँपालिका : धीरा बम (महिला)
—नरहरिनाथ गाउँपालिका : राम बहादुर बटाला
—सान्नी त्रिवणी गाउँपालिका : वीरेन्द्र केसी
—पचालझरना गाउँपालिकान : प्र्रजापति संन्ज्याल
—शुभकालिका गाउँपालिका : दिर्ग शाही
—महावै गाउँपालिका : पुराधी अधिकारी
—रास्कोट नगरपालिका : वीर फर्साल
सल्यान
सल्यानका १० वटै स्थानीय तहमा नेपाली काँग्रेसको नयाँ नेतृत्व चयन गरिएको छ । जिल्ला सभापतिमा भने पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा पक्षकै दुई उम्मेदवारबीच प्रतिस्पर्धा हुने भएको छ । देउवा पक्षको समर्थनमा संस्थापन पक्षबाट केशवबहादुर विष्ट र पौडेल पक्षको समर्थनमा देउवा खेमाकै ध्रुव पुरी जिल्ला सभापति पदका लागि चुनावी मैदानमा उत्रिएका छन् ।
पालिका सभापतिमा पनि सोही अनुसार नेतृत्व चयन भएको सल्यान जिल्लाका काँग्रेस उपसभापति निमबहादुर ओलीले रातोपाटीलाई जानकारी दिए । १० स्थानीय तहमा बागचौर नगरपालिकाको सभापतिमा चयन भएका दीपेश बिसीको गुट स्पष्ट छैन भने पाँच स्थानीय तहमा पौडेल पक्ष अथवा ध्रुव पुरीको टिमले जित हासिल गरेको छ ।
यस्तै देउवा पक्ष अर्थात् केशवबहादुर बिष्टको टिमले चार स्थानीय तहमा जित हासिल गरेको छ । जिल्लाको १० पालिकामध्ये एक पालिकामा मात्र महिलाले नेतृत्वको अवसर प्राप्त गरेकी छन् । छत्रेश्वरी गाउँपालिका सभापतिमा निर्वाचित सीता केसी हालसम्म अधिवेशन सम्पन्न भएका कर्णालीकै ६० पालिकामा एक्लो महिला सभापति हुन् ।
कुन स्थानीय तहमा को–को बने सभापति ?
—बागचौर नगरपालिका : दीपेश विसी (गुट स्पष्ट छैन)
—कालिमाटी गाउँपालिका : गणेश केसी (पौडेल पक्ष)
—शारदा नगरपालिका : दिपक हमाल (पौडेल पक्ष)
—बनगाढ कुपिण्डे नगरपालिका : पुरुषोत्तम आचार्य (पौडेल पक्ष)
—शिद्धकुमाख गाउँपालिका : वीरबहादुर बुढाथोकी (देउवा पक्ष)
—कुमाख गाउँपालिका : इन्द्र शाही (देउवा पक्ष)
—दार्मा गाउँपालिका : कृष्णबहादुर ओली (देउवा पक्ष)
—कपुरकोट गाउँपालिका : एकराज ओली (पौडेल पक्ष)
—त्रिवेणी गाउँपालिका : गंगाराम पुन (पौडेल पक्ष)
—छत्रेश्वरी गाउँपालिका : सीता केसी (देउवा पक्ष)
जुम्ला
जुम्ला जिल्लामा शेरबहादुर देउवा पक्ष कमजोर देखिएको छ । आठ स्थानीय तहमध्ये सिञ्जा र गठीचौर बाहेक अरु सबै पालिकामा वरिष्ठ नेता रामचन्द्र पौडेल पक्ष विजयी भएको काँग्रेसका युवा नेता लालबहादुर जिसीले रातोपाटीलाई जानाकारी दिए ।
को–को बने सभापति ?
—कनका सुन्दरी गाउँपालिका : लालबहादुर बुढा
—सिञ्जा गाउँपालिका : गोविन्द शर्मा (देउवा पक्ष)
—हिमा गाउँपालिका : नरबहादुर शाही
—तिला गाउँपालिका : भक्त बहादुर रोकाया
—तातोपानी गाउँपालिका : धनप्रसाद चौलागाई
—चन्दनाथ नगरपालिका : रवि थापा
—गुठीचौर गाउँपालिका : टेक भण्डारी (देउवा पक्ष)
—पातरासी गाउँपालिका : गोरख बोहोरा
जाजरकोट
७ वटा स्थानीय तह रहेको जाजरकोटको कुशे गाउँपालिकामा निर्वाचन विवादित बनेको छ भने अन्य ६ वटा पालिकामा चुनाव सम्पन्न भएको छ । जसमा २ ठाउँमा पौडेल पक्षधर र ४ ठाउँमा देउवा पक्षबाट सभापति बनेका छन् ।
को–को बने सभापति?
—छेडागाढ नगरपालिका : टोपेन्द्र अधिकारी (देउवा पक्ष)
—जुनीचाँदे गाउँपालिका : वीरेन्द्र शाही (देउवा पक्ष)
—शिवालय गाउँपालिका : जस्विर ओली (देउवा पक्ष)
—भेरी नगरपालिका : सशी बुढा (देउवा पक्ष)
—बारेकोट गाउँपालिका : रामचन्द्र जोशी (पौडेल पक्ष)
—नलगाढ नगरपालिका : जय बहादुर सिंह (पौडेल पक्ष)
मुगु
हिमाली जिल्ला मुगुमा वरिष्ठ नेता रामचन्द्र पौडेल पक्ष बलियो देखिएको छ । चार स्थानीय तहमध्ये ३ वटामा पौडेल पक्ष र एउटामा शेरबहादुर देउवा पक्षबाट सभापति बनेका छन् ।
मुगुमा युवा नेता धर्मजित शाहीका अनुसार खत्याड, मुगूम कार्मारोङ र सोरु गाउँपालिकामा सर्वसम्मत नेतृत्व चयन गरिएको थियो भने छायानाथ रारा नगरपालिकामा निर्वाचन नै भएको थियो ।
को–को बने सभापति ?
—खत्याड गाउँपालिका : लोग राज दाहाल
—छायानाथ रारा नगरपालिका : राज बहादुर सेजुवाल (पौडेल पक्ष)
—मुगूम कार्मारोङ गाउँपालिका : गारा तामाङ (पौडेल पक्ष)
—सोरु गाउँपालिका : कुबेरजङ्ग शाही (देउवा पक्ष)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महाराष्ट्र र झारखण्ड विधानसभा चुनावमा विकास र सुशासनको ‘ऐतिहासिक जित’ : मोदी
-
निजी मेडिकलले विद्यार्थीलाई सरकारी सरह तलब भत्ता उपलब्ध गराउन नसक्ने
-
सडकमा शव राखेर विरोध प्रदर्शन, सहमतिपश्चात् खुल्यो यातायात
-
आफ्नै गाउँ (लघुकथा)
-
प्राध्यापक डा.देवी नेपाललाई अन्तर्राष्ट्रिय पुरस्कार
-
बेरुतमा भएको इजरायली हमलामा ११ जनाको मृत्यु