सोमबार, ०१ पुस २०८१
ताजा लोकप्रिय

जितिया पर्वले सामाजिक सद्भाव र एकतालाई  प्रवर्द्धन गर्छ : प्रधानमन्त्री देउवा

बुधबार, १३ असोज २०७८, ०९ : ४६
बुधबार, १३ असोज २०७८

प्रधानमन्त्री शेरबहादुर देउवाले तराई क्षेत्रमा मनाइने जितिया पर्व नेपालको एक विशिष्ट पहिचान जनाउने पर्वको रुपमा स्थापित रहेको बताएको  छन् ।​ जितिया पर्वको अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले संस्कृति र संस्कारमा नेपालको विशिष्ट पहिचानका विशेषता रहेको बताए ।

विविधताभित्र एकता र सामाजिक सद्भाव नेपाली सांस्कृतिक अभ्यासका उदाहरण भएको बताउँदै प्रधानमन्त्री देउवाले यही सद्भाव र एकतालाई प्रवद्र्धन गर्ने पर्वमध्येको एक जितिया पर्व पनि भएको उल्लेख गरे ।

यस पर्वले समस्त आमा र सन्ततिबीच माया, प्रेम, समर्पण र वात्सल्यलाई प्रगाढ बनाउने उनले विश्वास व्यक्त गरे ।

विविध संस्कार, संस्कृति रीतिरिवाज एवं मूल्यमान्यताले जितियालगायत पर्वको विशिष्ट महत्वलाई आत्मसात् गर्दै नेपाल सरकार यस्ता पर्वको संरक्षण र सम्वर्द्धनमा प्रतिबद्ध रहेको उनको भनाइ छ ।

जितिया पर्व मनाउने सबैलाई एकताबद्ध भई हर्षोल्लास पूर्वक मनाउन प्रधानमन्त्री देउवाको आग्रह छ ।

यस पर्वले आमा र सन्ततिबीचको पारस्परिक सद्भाव, मातृत्वपूर्ण सम्बन्ध र सहिष्णुताको भावनालाई अझ प्रगाढ र सुदृढ बनाउन प्रेरणा प्रदान गरोस् भनी देउवाले शुभकामना व्यक्त गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप