प्रदेशसभा अधिवेशन आह्वान, असोज २० मा मुख्यमन्त्री राउतले विश्वासको मत लिने
प्रदेश २ मा प्रदेशसभाको अधिवेशन असोज २० को लागि आह्वान गरिएको छ ।मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को बैठकबाट मुख्यमन्त्री लालबाबु राउतले विश्वासको मत लिनका लागि अधिवेशन आह्वान गरिएको हो ।
अर्थ मन्त्री शैलेन्द्र प्रसाद साहका अनुसार मन्त्रीपरिषद्को बैठकबाट यही असोज २० गते मुख्यमन्त्री राउतले विश्वासको मत लिने छन् । सत्तारुढ जनता समाजवादी पार्टी नेपाल विभाजित भएको ३० दिन भन्दा बढी भएको छ ।
अहिले प्रदेश २ मा जसपा, नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रको गठबन्धनको सरकारको छ । माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीले समेत मुख्यमन्त्री राउतलाई नै समर्थन गर्ने हुनाले उनीसँग स्पष्ट बहुमत रहेको छ ।
सरकारको विपक्षमा नवगठित लोकतान्त्रिक समाजवादी पार्टी नेपाल र नेकपा एमाले रहने छन् । लोसपाका संसदीय दलका नेता जितेन्द्र सोनलले प्रमुख प्रतिपक्षी भूमिका निर्वाह गर्ने जनाइसकेको छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा नयाँ कारागार भवन निर्माण गर्न डिपिआर तयार गरिँदै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण