३३ प्रतिशत महिला अनिवार्य हुने विधान ल्याउने ओलीको घोषणा
नेकपा एमाले अध्यक्ष केपी ओलीले आउने विधान महाधिवेशनबाट पार्टीको केन्द्रीय कमिटीमा ३३ प्रतिशत महिला अनिवार्य हुने विधान ल्याउने घोषणा गरेका छन् । उनले जनताको बहुदलीय जनवादको मार्गदर्शनमा त्यसलाई विकसित गर्दै समाजवादोन्मुख प्रणालीमा मुलुकलाई लान पार्टीले अगुवाइ गर्ने पनि जनाएका छन् ।
सम्पादकहरुले मंगलबार आयोजितको अन्तर्क्रियामा तत्कालीन नेकपा र एमालेको विभाजन रोक्न तथा अघिल्लो नेतृत्वको सरकार टिकाएर पाँच वर्ष सञ्चालन गर्न नसक्नुमा अध्यक्ष ओलीको काम गर्ने शैली वा व्यवहार जिम्मेवार हो होइन भन्नेलगायतका प्रश्न अध्यक्ष ओलीलाई गरेका थिए ।
सम्पादकहरुले सञ्चार क्षेत्र सदैव आलोचक र जनपक्षीय हुने भएकाले यसले जुनसुकै सत्ताको पनि गलत कामबारे खबरदारी निरन्तर गर्ने स्पष्ट गरेका थिए ।
एमालेको पहिलो विधान महाधिवेशन यही असोज १५ देखि १७ गतेसम्म ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा गरिँदैछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसएसपीहरुको सरुवा, काठमाडौँमा वसन्त रजौरे
-
पूर्वउपराष्ट्रपतिका पुत्र दीपेश फेरि पक्राउ
-
यातायात क्षेत्रमा देखिएका समस्या समाधानका लागि प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री यादव
-
मनहरिका वडाध्यक्ष खनाल कक्षा १२ को परीक्षामा सहभागी
-
इलाम र बझाङ उपनिर्वाचन : मतदानमा सहभागी हुन आयोगको अपिल
-
भोजपुर गोल्डकप : सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा