शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

पाकिस्तानले बालबालिका लक्षित कोभिडविरुद्धको खोप अभियान सञ्चालन गर्ने

मङ्गलबार, १२ असोज २०७८, १८ : ५८
मङ्गलबार, १२ असोज २०७८

पाकिस्तानले १२ वर्ष र सोभन्दा माथिका उमेर समूहका बालबालिकालाई लक्षित गरी कोरोना विरुद्धको खोप अभियान सञ्चालन गर्ने भएको छ।  योजनामन्त्री असद उमारले  मङ्गलबार उक्त घोषणा गरेका हुन् । हाल पाकिस्तानमा कोरोना सङ्क्रमणबाट हुने मृत्युमा कमी आएको छ।  मन्त्री उमारले ट्वीट गर्दै छिटै यो अभियान विद्यालय केन्द्रित भई सञ्चालन गरिने जनाए। 

पाकिस्तानमा पछिल्लो २४ घण्टामा १,४०० नयाँ सङ्क्रमित फेला परेका छन् भने भाइरस सङ्क्रमणका कारण ४१ जनाले ज्यान गुमाएका छन् । पाकिस्तानमा  जुलाइदेखि दैनिक कोरोना सङ्क्रमितको सङ्ख्या १,५०० भन्दा कम भएको यो पहिलो पटक हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप