संसद् चलिराखेको छैन, ताजा जनादेशमा जानुपर्छ : ओली
एमाले अध्यक्ष केपी शर्मा ओलीले संसद प्रभावकारी हुन नसकेको भन्दै ताजा जनादेशमा जान प्रस्ताव गरेका छन् । ‘यो संसद चलिराखेको छैन, ताजा जनादेशमा जान जरुरी छ’, मंगलबार सञ्चारकर्मीहरुसँगको अन्तरक्रियामा ओलीले भने । अहिलेको गठबन्धनले नै चुनाव गराए पनि आफ्नो पार्टीलाई मान्य हुने ओलीको धारणा छ । ओलीले अहिलेको राजनीतिक अकर्मण्यताको स्थितिमा ताजा जनादेशमा गएर देशलाई गतिशील बनाउनुपर्ने धारणा राखे ।
ओलीले दुई पटकसम्म प्रतिनिधिसभा विघटन गरेपनि दुबै पटक सर्वोच्च अदालतले उल्ट्याइदिएको थियो । तर ओलीले अहिलेको संसदले ठीकसँग काम गर्न नसकेको भन्दै ताजा जनादेशमा जानुको विकल्प नभएको दावी गर्दै आएका छन् ।
अर्को प्रसंगमा ओलीले जेट दुईजना पाइलटले चलाउने भएपनि पार्टी नचल्ने रहेछ भन्ने पाठ सिकिएको भन्दै अब चुनाव जितेर एउटै पाइलटले ५ वर्षसम्म सरकार चलाउने बताए । ‘जेट दुई जना पाइलटले चलाउँछन् । तर पार्टी दुई पाइलटले चलाउँदा चल्दैन रहेछ’, ओलीले भने, ‘सरकार ५ वर्ष चलेन अब चुनाव जितेर एउटैले चलाइन्छ ।’
ओलीले नेपाललाई कालोधनको वासिङ मेसिन बनाउन खोजिएको भन्दै कटाक्ष समेत गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विद्युतीय पूर्वाधारमा ८० अर्ब लगानी गर्ने सरकारको योजना
-
कतार भ्रमण सकेर स्वदेश फर्किए उपराष्ट्रपति यादव
-
‘शरणार्थी बनाएर बेच्न हिसाबकिताब राखिएको डायरी अदालतमा बुझाएका छौं’
-
बागमतीका एमाले सांसदलाई प्रश्नः सरकारबाट हट्नै लाग्दा फेरि किन राजीनामा होल्ड भयो ?
-
४०० स्थानीय तहमा जग्गाको कित्ताकाट भोलिदेखि रोकिँदै
-
सांसद अभिषेकप्रताप शाहविरुद्ध पक्राउ पुर्जी जारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण