‘प्रेमा’मा पूर्व मिस नेपाल सुभेक्षा

२०७५ मा निर्माण भएको फिल्म ‘रणवीर’बाट अभिनयमा डेब्यु गरेकी पूर्व मिस नेपाल सुभेक्षा खड्का फेरि फिल्ममा देखिने भएकी छन् । उनी ‘रणवीर’ निर्देशक गोविन्द सिंह भण्डारीकै फिल्म ‘प्रेमा’मा देखिने भएकी हुन् । केही सातादेखि छायाँकन भइरहेको फिल्ममा उनी शीर्ष भूमिकामा छिन् । फिल्म आफ्ना लागि विशेष भएको उनले बताएकी छन् । दोस्रो फिल्मका लागि आफूलाई सम्झिएकामा उनले निर्देशक भण्डारीलाई धन्यवाद समेत दिएकी छन् ।
यो फिल्म अगाडि निर्देशक भण्डारी रोज राणाको फिल्म ‘खलनायक २’ गर्ने तयारीमा थिए । ‘खलनायक २’ को छायांकन ढिला भएपछि भण्डारीले ‘प्रेमा’ छायांकन सुरु गरेका हुन् ।
मिस नेपाल इन्टरनेसनल २०१२ र मिस युनिभर्सिटी नेपाल वर्ल्ड २०१७ की विजेता समेत रहेकी उनले पहिलो फिल्म ‘रणवीर’ बाट भने सफलता हात पार्न सकिनन् । त्यसैले पनि होला उनलाई दोस्रो फिल्म पाउन तीन बर्ष लाग्यो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अस्पतालको आईसीयूमा रहेकी एयरहोस्टेसमाथि यौन दुर्व्यवहार
-
धरौटी रकम फिर्ता लैजान विद्यार्थीलाई त्रिविको आग्रह
-
विशेषले सफाइ दिएका दुई मुद्दाको अख्तियारद्वारा सर्वोच्चमा पुनरावेदन
-
नगरकोट भ्रमण वर्ष : दुई दिनमा एक लाख पर्यटकको आगमन
-
इन्फोडेभलपर्स र वन पोइन्ट फाईनानसियल सर्भिसेजबिच सहकार्य हुने
-
विस्का नखःको चौथो दिन, रथलाई पोखरीमा स्नान गराइयो (तस्बिरहरू)