मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

कस्तो छ चाडपर्व लक्षित अनुगमनको योजना ?

मङ्गलबार, १२ असोज २०७८, १७ : २८
मङ्गलबार, १२ असोज २०७८

वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले चाडपर्वको समयमा बजार अनुगमनलाई तिव्रता दिने भएको छ । विभागले दसैं, तिहार र छठ पर्वको समयमा उपभोक्ता बढी ठगिन सक्ने भन्दै अनुगमनलाई तिव्रता दिने भएको हो । विभागका प्रवक्ता शिवराज सेढाइँले चाडपर्वको समयमा धेरै सामाग्री खपत हुने भएकाले यो समयमा धेरै उपभोक्ता ठगिने बताए । जसकारण, यही समयमा अनुगमनको कामलाई तिव्रता दिनुपर्ने उनले बताए ।

दसैं, तिहारको समयमा खाद्यान्न, लत्ताकपडा र मासुजन्य वस्तुको माग र खपत बढी हुन्छ । त्यसैले यही वस्तुमा केन्द्रीत भएर अनुगमनको योजना बनेको सेढाइँले रातोपाटीलाई बताए । तर, अनुगमनमा लक्ष्य निर्धारण भने विभागले गरेको छैन । लक्ष्य निर्धारण गर्दा अनुगमनमा समस्या हुने र चाडपर्वमा मात्रै विभाग सक्रिय बनेजस्तो देखिने भएकाले लक्ष्य निर्धारण नगरेको विभागको भनाइ छ । लक्ष्य निर्धारण नगरेरै आफ्नो नियमित अनुगमनको काममा लाग्ने योजना विभागले बनाएको हो ।

चाडपर्वमा हुने अनुगमनका लागि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले १२ जना कर्मचारी अनुगमनमा पठाएको छ । यस्तै, विभागका ८ जना कर्मचारीसहित ६ वटा टोलीले अनुगमन गर्ने भएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप