शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

प्रदेश २ : लोसपा संसदीय दलको नेता चयनबारे सभामुखलाई सोनलले बुझाए पत्र

मङ्गलबार, १२ असोज २०७८, १७ : ०६
मङ्गलबार, १२ असोज २०७८

जनकपुरधाम । प्रदेश २ का सभामुख सरोज कुमार यादवलाई लोकतान्त्रिक समाजवादी पार्टी नेपालको प्रदेश २ संसदीय दलको नेता चयनबारे औपचारिक रुपमा जानकारी गराइएको छ । मंगलबार लोसपाका संसदीय दलका नेता जितेन्द्र सोनलले संसदीय दलको नेता चयनबारेको औपचारिक पत्र सभामुख यादवलाई बुझाएका हुन् ।

सोनल सोमबार संसदीय दलको बैठकबाट निर्वाचन प्रक्रियामार्फत लोसपाको प्रदेश २ संसदीय दलको नेता चयन भएका थिए । प्रदेश २ मा लोसपा प्रमुख प्रतिपक्षको भूमिकामा रहने भएको छ । जसपा नेपाल नेतृत्वको प्रदेश २ सरकारमा नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्र सामेल भइसकेको छ भने १६ सांसद रहेको लोसपा प्रमुख प्रतिपक्ष र ८ सांसदमा सीमित भएको नेकपा एमालेले विपक्षी भूमिका निर्वाह गर्ने भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप