मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

नवजोत सिंह सिद्धुले दिए पञ्जाब कांग्रेस अध्यक्षको पदबाट राजीनामा

मङ्गलबार, १२ असोज २०७८, १५ : ४८
मङ्गलबार, १२ असोज २०७८

नवाजोत सिंह सिद्धुले पञ्जाब कांग्रेस कमेटीको अध्यक्ष पदबाट राजीनामा दिएका छन् । उनी पञ्जाब मन्त्रीमण्डल गठनका कारण रिसाइरहेका थिए । सिद्धुले कांग्रेसकी अन्तरिम अध्यक्ष सोनिया गान्धीलाई आफ्नो राजीनामाको चिट्ठी पठाएका छन् । 

आफ्नो राजीनामामा सिद्धूले लेखे, ‘पञ्जाबको भविष्यसँग सम्झौता गर्न सक्दिनँ । सम्झौता गर्दा मानिसहरुको चरित्र खराब हुन्छ । म कांग्रेसका लागि काम गरिरहनेछु ।’ सिद्धुलाई १८ जुलाईमा पञ्जाब कांग्रेसका अध्यक्ष बनाइएको थियो । वजोत सिंह सिद्धुको अगुवाईमा पंजाब कांग्रेसमा भएको विद्रोहको नतिजाको रुपमा १८ सेप्टेम्बरलाई क्याप्टेन अमरिन्दर सिंहले मुख्यमन्त्रीको कुर्सी छोड्नुपरेको थियो । त्यसपछि २० सेप्टेम्बरमा चरणजीत सिंह चन्नीलाई राज्यको नयाँ मुख्यमन्त्री बनाइएको थियो । यद्यपि, उनको मन्त्रीमण्डलमा आफ्नो विचारलाई महत्व नदिएको भन्दै नवजोत सिंह सिद्धु रिसाइरहेको बताइएको थियो । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप