रोकिएन नेप्सेको पहिरो, मंगलबार थप ७० अंकको गिरावट
काठमाडौं । गत हप्ता देखिनै निरन्तर ओरालो यात्रामा रहेको सेयर बजार परिसूचक नेप्सेको पहिरो आज मंगलबार पनि जारी रहेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज नेप्से परिसूचक थप ७०.०१ अंकले घटेर २६ सय १५.४० विन्दुमा झरेको हो ।
गत सोमबार नेप्से अधिकतम परिसूचक अधिकतम् ७३.०५ अंकले घट्दै २६ सय ८५.४१ विन्दुमा अड्किएको थियो । नेप्सेका अनुसार आज ‘क’ वर्गका ठूला कम्पनीहरुको सेन्सेटिभ इन्डेक्स समेत अधिकतम् ११.४२ अंकले घट्दै ४९४.९१ विन्दुमा झर्न पुगेको छ ।
सबै उप–सूचकहरु ऋणात्मक भएर बजार नै राताम्मे भएको यस दिन सबैभन्दा बढी गुमाउनेमा फाइनान्स समूह रहेका छन् । यस समूहले आज अधिकतम् ७.३७ प्रतिशतले गुमाएका छन् ।
यस्तै, हाइड्रोपावर समूहले ४.७४, इन्भेष्टमेन्टले ३.९३, विकास बैंकले ३.१५, निर्जीवन बिमा समूहले २.७८ र व्यापार समूहले २.६३ प्रतिशतले गुमाएका छन् । यद्यपि, यता मनकामना स्मार्ट लघुवित्तको सेयरधनीहरुले भने आज सबैभन्दा बढी १० प्रतिशतले कमाएका छन् ।
२१८ कम्पनीका एक करोड ३० लाख ३४ हजार कित्ता बढी सेयर ७५ हजार ३७४ पटक बजारमा किनबेच भएको यस दिन कुल ५ अर्ब ७४ करोड ५४ लाखको कारोबार भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहलगाम घटना : भैरहवामा शोकसभा र दीप प्रज्वलन
-
अमेरिकामा न्यायाधीश पक्राउ
-
नेपाल शिक्षक महासङ्घ वार्तामा बस्ने नै भएपछि पारदर्शी ढङ्गले जानु राम्रो हुन्छ : शंकर पोखरेल
-
केयू रनिङ शिल्ड २०८२ : काठमाडौँ विश्वविद्यालय स्कुल अफ मेडिकल साइन्सले उचाल्यो ट्रफि
-
नेपालमा रोजगारी नपाएका कुँवर मल्टी नेशनल कम्पनीमा साइबर विज्ञ
-
१० बजे १० समाचार : सरकारबारे गठबन्धनभित्र आशंका, के भन्छन् प्रधानमन्त्री ओली ?