प्राविधिक समस्या देखिएको भनिएको बुद्धको जहाज आज बिहानबाट संचालनमा
काठमाडौं । विराटनगर विमानस्थलमा अवतरणको क्रममा एक इन्डिकेटरले दायाँ तर्फको पाङ्ग्रा खुलेको जानकारी नगराएपछि काठमाडौं फर्किएको बुद्ध एयरको जहाजले आज बिहानैबाट उडान शुरु गरेको छ ।
प्राविधिक समस्या देखिएको भनिएको उक्त जहाज काठमाडौंमा करिब दुई घण्टा आकाशमा घुमेर सफल अवतरण गरेको थियो । अवतरण लगत्तै बुद्ध एयरका इन्जिनियर र नेपाल नागरिक उड्डयन प्राधिकरणका प्राविधिकहरूले जहाजको जाँच गरी जहाजमा प्राविधिक समस्या नदेखिएको र पुनः सुचारु गर्न सकिने बताएसँगै जहाजले उडान शुरु गरेको हो ।
प्राविधिक टोलीको जाँचपछि उडान अनुमति लिएर पुनः उडान शुरु गरेको बुद्ध एयरले जनाएको छ । सोमबार बिहान ७३ यात्रुलाई लिएर काठमाडौंबाट विराटनगर उडेको सो जहाज अवतरण गर्ने क्रममा एक इन्डिकेटरले दायाँ तर्फको पाङ्ग्रा खुलेको जानकारी नगराएपछि काठमाडौं फर्किएको थियो । उक्त जहाज आकाशमा दुई घण्टा घुमेर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारका प्रवक्ताले भने- आइतबारको बिदा कायम रहन्छ
-
अमेरिकीहरूमा पुँजीवादप्रतिको विश्वास घट्दै
-
ट्राफिकले चिट काट्नै नपरोस्, टिकट लेख्नै नपरोस् : आईजीपी कार्की
-
कुकुरेल्लाको खुला घुम्रिएको कपालको भावुक रहस्यः छोराका लागि खुलै राख्छन् कपाल
-
सीजेपी र भारत सरकारबिच आज वार्ता हुँदै
-
सशस्त्र प्रहरीद्वारा तीन महिनामा ३ सय ४७ जनाको सकुशल उद्धार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण