शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

खोलाले बगाउँदा बालिकाको मृत्यु

मङ्गलबार, १२ असोज २०७८, १४ : १२
मङ्गलबार, १२ असोज २०७८

इलामको फाकफोकथुम र देउमाई बीचको  मैदाने खोलाले बगाउँदा एक बालिकाको मृत्यु भएको छ ।देउमाई–१ चमैता मामली घरमा बसेर पढ्दै आएकी  नौ वर्षीया सागरिका राईको मृत्यु भएको हो । ​फाकफोकथुम गाउँपालिका– ६ स्थित फलाँटे माविमा कक्षा ४ मा अध्ययनरत राई सोमबार विद्यालयबाट फिर्कदै गर्दा खोलाले बगाएको थियो । 

भाइबहिनीलाई खोलाबाट तारेर आफू पनि तर्ने क्रममा बढेर आएको खोलाले  राईलाई बगाएर बेपत्ता बनाए पछि खोजतलास गर्दा ढुङ्गामा च्यापिएको अवस्थामा शव फेला पारिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । उनको शव आज पोष्मार्टमका लागि जिल्ला अस्पताल ल्याइएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप