टोखाबाट सुनका गहना चोरेको आरोपमा १ जना महिला पक्राउ
मङ्गलबार, १२ असोज २०७८, १२ : ३२

काठमाडौंको टोखा नगरपालिका–८ स्थित जिरीगाउँबाट सुनको गहना चोरेको आरोपमा प्रहरीले एकजना महिलालाई पक्राउ गरेको छ । पश्चिम रुकुम घर भएकी सजिता परियारलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता (एसपी) रमेश बस्नेतले रातोपाटीलाई बताए ।
असोज १० मा उनले जिरिगाउँ स्थित गहनराज शाहीको घरमा पसेर करिब ७ तोला गहना चोरेको दावी गरिएको छ । तिलहरी ठुलो १ थान, सुनको चुरा ४ थान, मुन्द्रा, औँठी र टप सहित करिब ७ तोला सुन चोरीमा संलग्न परियारलाई परिसर काठमाडौंको टोलीले सोमबार बसन्तपुरबाट पक्राउ गरेको थियो ।
जैसिदेवलमा बस्दै आएकी सजितालाई महानगरीय प्रहरी वृत महाराजगञ्जले चोरी मुद्दामा अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यामल र राफिन्हा चम्किएसँगै बार्सिलोना च्याम्पियन्स लिगको क्वार्टरफाइनल प्रवेश
-
साउदी वार्ता : युक्रेन ३० दिने युद्धविरामका लागि अमेरिकी प्रस्ताव मान्न तयार
-
क्यानाडालाई स्टील र आल्मुनियममा ५० प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा
-
पेरिस पुगेर फ्रान्सेली नागरिकलाई पर्यटनमन्त्री पाण्डेलेले दिए नेपाल भ्रमणको निम्तो
-
स्ववियु निर्वाचन : देशभर अधिकांश क्याम्पसमा उम्मेदवारी दर्ता, काठमाडौंमा शङ्करदेवसहित ७ क्याम्पसमा विवाद
-
१२ बजे, १२ समाचार : राष्ट्रिय सुरक्षा चुनौतीबारे प्रधानमन्त्री ओलीको चिन्तादेखि चैते धानको मूल्य निर्धारणसम्म