कुमारी बैंकले घोषणा गर्यो २.६७ प्रतिशत नगद लाभांशसहित ८.६८ प्रतिशत बोनस सेयर
मङ्गलबार, १२ असोज २०७८, ११ : ३५
![कुमारी बैंकले घोषणा गर्यो २.६७ प्रतिशत नगद लाभांशसहित ८.६८ प्रतिशत बोनस सेयर](https://rpcdn.ratopati.com/media/albums/Kumari-Bank-logo_mWiLO854bX.jpg)
कुमारी बैंक लिमिटेडले आफ्ना सेयरधनीहरूलाई नगद लाभांशसहित सेयर बोनस बाँड्ने घोषणा गरेको छ । बैंकको गत असोज ११ गते बसेको संचालक समितिको बैठकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट चुक्ता पुँजीको २.६७ प्रतिशत नगद लाभांश (कर प्रयोजन) सहित ८.६७ प्रतिशत बोनस सेयर बाँड्ने घोषणा गरेको हो ।
बैंकको हालको चुक्ता पुँजी १३ अर्ब ८७ करोड ८४ लाख ७४ हजार रुपैयाँ रहेको छ । उक्त लाभांश राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारणसभाबाट पारित भएपश्चात सेयरधनीहरूलाई वितरण गरिनेछ । यद्यपि, बैंकले हालसम्म आफ्नो साधारणसभा र बुक क्लोजको मिति भने तोकिसकेको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बन्दीपुर भ्रमण वर्षको प्रचारप्रसार गर्दै गाउँपालिका
-
सकियो सम्झौता अवधि, सकिएन करिडोरको काम
-
धमाधम नयाँ फिल्म घोषणा, तर राम्रो छैन विगतको रेकर्ड
-
डलर उकालो, युरो ओरालो : पाउण्ड, रियाल, दिनार, क्रोनर र कोरियन वनको मूल्य बढ्यो
-
आजको दिन के मा लगानी गर्नु उपयुक्त ? हेरौँ राशिफल
-
लाजियोको पोष्टमा इन्टर मिलानको गोल वर्षा