शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

देशभरका बालबालिकालाई ​कार्तिक ७ र ८ गते भिटामिन ‘ए’ खुवाइने

मङ्गलबार, १२ असोज २०७८, ११ : ०५
मङ्गलबार, १२ असोज २०७८

देशभर पाँच वर्षसम्मका बालबालिकालाई कार्तिक ७ र ८ गते भिटामिन ‘ए’ खुवाइने भएको छ । यसभन्दा अघि सरकारले कात्तिक २ र ३ गते भिटामिन ‘ए’ खुवाइने कार्यक्रम तय गरेपनि दशैं परेकाले समय परिर्वतन गरेकोे हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अनुसार ६ देखि ५९ महिनाका बालबालिकाहरूलाई भिटामिन ए क्याप्सुल, १ देखि ५ वर्षसम्मका बालबालिकालाई जुकाको औषधि खुवाइन्छ । यस्तै, ६ देखि २३ महिनाका बालबालिकालाई बहु सुक्ष्म पोषक तत्व बाल भिटा समेत दिइने भएको छ । देशभरका खोप केन्द्रलाई राष्ट्रिय भिटामिन ए कार्यक्रमको तयारी थाल्न स्वास्थ्य मन्त्रालयले निर्देशन दिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप