शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

आजको विनियमदर : डलरसहित अधिकांश मुद्राको भाउ बढ्यो

मङ्गलबार, १२ असोज २०७८, १० : ३६
मङ्गलबार, १२ असोज २०७८

आज (मंगलबार) नेपालमा अमेरिकी डलरसहित अधिकांश विदेशी मुद्राको विनिमयदर बढेको छ । सोमबार नेपालमा एक अमेरिकी डलरको ११७ रुपैयाँ ६२ पैसा र बिक्रीदर ११८ रुपैयाँ २२ पैसा थियो । आज सो मुद्राको खरिददर ११७ रुपैयाँ ८५ पैसा र बिक्रीदर ११८ रुपैयाँ ४५ पैसा कायम भएको छ । 

नेपाल राष्ट्र बैंकले आज चिनियाँ मुद्रा युुआनको विनिमयदर पनि बढेको जानकारी दिएको छ । सोमबार नेपाली मुद्रासँग प्रतियुआन खरिददर १८ रुपैयाँ १९ पैसा र बिक्रीदर १८ रुपैयाँ २८ पैसा तोकिएको थियो । आज सो मुद्राको खरिददर १८ रुपैयाँ २४ पैसा र बिक्रीदर १८ रुपैयाँ ३३ पैसा तोकिएको छ । 

यूरोपेली मुद्रा यूरोको खरिददर १३७ रुपैयाँ ९५ पैसा र बिक्रीदर १३८ रुपैयाँ ६५ पैसा तथा बेलायती पाउन्ड स्टर्लिङको खरिददर १६१ रुपैयाँ ५१ पैसा र बिक्रीदर १६२ रुपैयाँ ३३ पैसा तोकिएको छ । यी मुद्राको विनिमयदर पनि बढेको हो ।

केन्द्रीय बैंकका अनुसार आज नेपालमा क्यानडेली डलर एकको खरिददर ९३ रुपैयाँ २१ पैसा र बिक्रीदर ९३ रुपैयाँ ६८ पैसा, सिंगापुर डलर एकको खरिददर ८७ रुपैयाँ ५ पैसा र बिक्रीदर ८७ रुपैयाँ ४९ पैसा तथा साउदी अरेबियन रियालको खरिददर ३१ रुपैयाँ ४२ पैसा र बिक्रीदर ३१ रुपैयाँ ५८ पैसा निर्धारण गरिएको छ । 

यस्तै, कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ३६ पैसा र बिक्रीदर ३२ रुपैयाँ ५३ पैसा, यूएई दिरामको खरिददर ३२ रुपैयाँ ८ पैसा र बिक्रीदर ३२ रुपैयाँ ३५ पैसा तथा मलेसियन रिंगिटको खरिददर २८ रुपैयाँ २४ पैसा र बिक्रीदर २८ रुपैयाँ २८ पैसा तोकिएको छ । 

दक्षिण कोरियन वनको १०० को खरिददर ९ रुपैयाँ ९८ पैसा र बिक्रीदर १० रुपैयाँ ३ पैसा तथा हङकङ डलर एकको खरिददर १५ रुपैयाँ १४ पैसा र बिक्रीदर १५ रुपैयाँ २२ पैसा कायम गरिएको छ । 

नेपालमा आज कुबेती दिनार साट्नेले सबैभन्दा धेरै रुपैयाँ पाउनेछन् । सो मुद्राको खरिददर ३९१ रुपैयाँ २९ पैसा र बिक्रीदर ३९३ रुपैयाँ २९ पैसा तोकिएको छ । यस्तै, विनियमदरका हिसाबले दोस्रो स्थानमा रहेको बहराइन दिनारको खरिददर ३१२ रुपैयाँ ६२ पैसा र ३१४ रुपैयाँ २१ पैसा निर्धारण गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप