‘हामी चुप लागेका छौं भनेर हामी मरिसक्यौं भनेर नठान’, अदालतभित्र मारिएका गोगीको तस्बिरसहित भाइरल भइरहेछ यो मेसेज
दिल्लीको रोहिणी अदालत परिसरमा भएको सुटआउटपछि ग्याङ्स्टरबीच सोसल मिडियामा धम्कीको सिलसिला सुरु भएको भारतीय सञ्चार माध्यमले बताएको छ । सोसल मिडियामा एक बयान भाइरल भइरहेको छ जसमा भनिएको छ, ‘हामी चुप बसिरहेका छौं भन्नुको अर्थ हामी मरिसक्यौं भन्ने होइन । चाँडै नै धमाका हुनेछ । सडकमा रगत सुक्ने छैनन् । युद्धको नियम फेरिइसकेको छ ।’ २४ सेप्टेम्बरमा रोहिणी कोर्ट रुममा चर्चित ग्याङस्टर जितेन्द्र उर्फ गोगीको हत्या गरिएको थियो ।
त्यसपछि यस्तै खालको एक बयान सोसल मिडियामा भाइरल भइरहेका छन् । जसमा यी ग्याङ एक–अर्कामाथि हमला गर्ने र रगतको नदी बगाउने दाबी गरिरहेका छन् । ग्याङस्टर गोगीको मृत्युपछि सोसल मिडियामा अर्को एउटा मेसेज भाइरल भइरहेको छ जसले दिल्ली प्रहरीलाई तनावमा पारेको बताइएको छ । गोगीका साथी चर्चित ग्याङस्टर काला जठेडी र लरेन्स विश्नोई समूहले उनको शवको फोटोसहित एउटा मेसेज दिइएको छ । यसमा भनिएको छ, ‘नयाँ युद्धको सुरुवात हो । जो हाम्रो साथमा छैनन् । आजबाट सबैले आफ्नो ध्यान राख्नुहोस् । अब यो युद्धमा कोही पनि सुरक्षित छैनन् । यो जायज होस् वा नहोस् । आजबाट सडकमा रगत सुक्ने छैनन् । युद्धको नियम फेरिइसकेको छ ।’
वास्तवमा गोगीको हत्या दिल्लीमा ग्याङस्टरबीच हुने ग्याङवारको नतिजा थियो र गोगीको हत्याको अरोप उनको सबैभन्दा ठूलो दुश्मन सुनिल मान उर्फ टिल्लू ताजपुरियामाथि लागेको छ । प्रहरीको सुरुवाती अनुसन्धानमा पत्ता लागे अनुसार मंडोली जेलमा कैद टिल्लूले नै गोगीको हत्याको षड्यन्त्र रचेका थिए ।
यसबाहेक अन्य थुप्रै सन्देश छन् जसले गोगीको मृत्युपछि दिल्ली–एनसीआरमा रक्तपात नरोकिनेतर्फ इशारा गरिरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसएसपीहरुको सरुवा, काठमाडौँमा वसन्त रजौरे
-
पूर्वउपराष्ट्रपतिका पुत्र दीपेश फेरि पक्राउ
-
यातायात क्षेत्रमा देखिएका समस्या समाधानका लागि प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री यादव
-
मनहरिका वडाध्यक्ष खनाल कक्षा १२ को परीक्षामा सहभागी
-
इलाम र बझाङ उपनिर्वाचन : मतदानमा सहभागी हुन आयोगको अपिल
-
भोजपुर गोल्डकप : सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा