बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

उत्तर कोरियाले जापानको समुन्द्रमा मिसाइल प्रहार गरेको दक्षिण कोरियाको दाबी

मङ्गलबार, १२ असोज २०७८, ०८ : २२
मङ्गलबार, १२ असोज २०७८

उत्तर कोरियाले जापानको समुन्द्र ‘ईस्ट सी’ मा मिसाइल प्रहार गरेको दक्षिण कोरियाली सेनाले दाबी गरेको छ । सोमबार उत्तर कोरियाले दक्षिण कोरियासँग वार्ता गर्न इच्छुक रहेको बताएको थियो । यसलगत्तै उत्तर कोरियाले आज बिहान मिसाइल प्रहार गरेको दक्षिण कोरियाले दाबी गरेको छ ।

यसअघि दक्षिण कोरियाली सेनाले यसअघि पनि उत्तर कोरियाले जापानको समुन्द्रमा नयाँ क्रुज र ब्यालिस्टिक मिसाइल प्रहार गरेको दाबी गरेको थियो । जापानी सञ्चार माध्यमले रक्षा मन्त्रालय स्रोतलाई उद्धृत गर्दै उक्त ब्यालिस्टिक मिसाइल संयुक्त राष्ट्र संघले प्रतिबन्ध लगाएको मिसाइल भएको बताएका छन् । दक्षिण कोरियाका जोइन्ट चिफ अफ स्टाफले यस घटनामाथि अमेरिकी अधिकारीहरुले अनुसन्धान गरिरहेको जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप