जर्मनीमा सोसल डेमोक्र्याट विजयी, नयाँ चान्सलर निर्वाचित हुने

person explore access_timeअसोज ११, २०७८ chat_bubble_outline0

जर्मनीमा भएको सङ्घीय संसद्को निर्वाचनमा सोसल डेमोक्रयाटिक पार्टी (एसपीडी) विजयी भएको छ ।  एसपीडीले २५ प्रतिशतभन्दा बढी मत ल्याएर सबैभन्दा ठूलो पार्टी भएको निर्वाचन आयोगले घोषणा गरेको छ । 
सबै जिल्लाबाट प्राप्त विवरणहरूलाई रुजु गरेर अन्तिम रुप दिएपछि मात्रै यस्तो विवरण देखिएको आयोगले जनाएको छ । 

क्रिश्चियन सोसल युनियन पार्टीले एसपीडीलाई टक्कर दिएको छ । सो पार्टीले २४.१ प्रतिशत मत ल्याएर संसद्मा दोस्रो ठूलो दल भएको छ । त्यसैगरी तेस्रो भएको द ग्रिन्स पार्टीले १४.८ प्रतिशत मत प्राप्त गरेको निर्वाचन आयोगले सार्वजनिक गरेको नतिजामा उल्लेख छ । 

आयोगका अनुसार फ्रि डेमोक्र्याटिक पार्टी (एफडीपी)ले ११.५ प्रतिशत मतका साथ चौथो दल हुँदा द एलाइन्स फर जर्मनी (एएफडी) १०.३ प्रतिशत मतसहित पाँचौँ भएको छ ।  नयाँ गठन भएको संसद्ले नयाँ चान्सलर चयन गर्नेछ । झण्डै १६ वर्ष चान्सलर बनेकी एंगेला मर्केलले बिदा लिएपछि नयाँ चान्सलर निर्वाचित गर्नुपर्ने भएको हो । ​ मर्केलको उत्तराधिकारीले नै नयाँ सरकार पनि गठन गर्ने छन् । नयाँ संसद् गठनका लागि गत शनिबार मतदान भएको थियो ।    

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।