सुदूरपश्चिममा थप चालीस जनामा कोरोना सङ्क्रमण
सुदूरपश्चिम प्रदेशमा आज थप ४० जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । गएको २४ घण्टामा प्रदेशभर पीसीआर र एन्टिजेन विधिबाट एक हजार ३५० जनाको नमूना परीक्षण गर्दा ४० जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
पीसीआर विधिमार्फत सेती प्रादेशिक अस्पतालमा ११, महाकाली अस्पतालमा सात, डडेल्धुरा अस्पतालमा चार र जिल्ला अस्पताल बैतडीमा दुई जनामा सङ्क्रमण पुष्टि भएको हो । एन्टिजेन विधिमार्फत कञ्चनपुरमा १०, बाजुरामा दुई, कैलाली, बैतडी, दार्चुला र डडेल्धुराका एक÷एक जनामा सङ्क्रमण देखिएको हो ।
यस्तै गएको २४ घण्टामा प्रदेशभर १८ जना सङ्क्रमणमुक्त भएका छन् भने सो अवधिमा यस प्रदेशमा सङ्क्रमणका कारण एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कञ्चनपुरकी ५७ वर्षीया महिला छिन् । यसअघि आइतबार यस प्रदेशमा १० जनामा सङ्क्रमण पुष्टि हुँदा २५ जना डिस्चार्ज भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वमुख्यमन्त्री शर्माले भने– कसैले कसैलाई दोष लगाएर केही हुनेवाला छैन
-
कोशीको लगातार छैटौँ हार, कर्णाली ५ विकेटले विजयी
-
५२० मिटर सडक खनेर झण्डै ३९ लाख भ्रष्टाचार, ९ जनाविरुद्ध मुद्दा
-
बागमती प्रदेशमा बोलिने सबै भाषाभाषीको संरक्षण हुन्छ : मन्त्री श्रेष्ठ
-
वैदेशिक रोजगारीका क्षेत्रमा हुने ठगी र बदमासी अन्त्य गर्न श्रम मन्त्रालयलाई निर्देशन
-
पटनाको होटलमा आगलागी, ६ जनाको मृत्यु