बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

२०९ ग्राम खैरो हेरोइनसहित ललितपुरबाट ३ युवक पक्राउ

सोमबार, ११ असोज २०७८, २० : ५८
सोमबार, ११ असोज २०७८

ललितपुरको ललितपुर महानगरपालिका–१४ स्थित बुढाथोकी चोकबाट प्रहरीले खैरो हेरोइनसहित ३ जनालाई पक्राउ गरेको छ । गोरखा घर भएका २८ वर्षीय गणेश अधिकारीसहित ३ जनालाई पक्राउ गरिएको महानगरीय प्रहरी वृत्त सातदोबाटोका डिएसपी दिनेश घिमिरेले रातोपाटीलाई बताए ।

इन्सपेक्टर हरिबहादुर वली नेतृत्वको प्रहरी टोलीले उनीहरुको साथबाट २०९ दशमलव ५७ ग्राम खैरो हेरोइन बरामद गरेको छ । बा. १० च ३३०९ नम्बरको सेतो रंगको कार्गो भ्यानमा सवार युवाहरुले चारवटा सिलबन्दी पोका बनाएर लागु औषध लिएर हिँडेको अवस्थामा प्रहरीले बरामद गरेको हो । आरोपीहरुबारे महानगरीय प्रहरी वृत्त सातदोबाटोले अनुसन्धान गरिरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप