शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

‘देश देशावरलाई’  ‘बेस्ट सेलर बुक अवार्ड’

सोमबार, ११ असोज २०७८, १८ : २१
सोमबार, ११ असोज २०७८

 किताब यात्रा फाउन्डेसनद्वारा २०७८ सालको ‘बेस्ट सेलर बुक अवार्ड’ नियात्राकार जीवा लामिछानेको सृजना ‘देश देशावर’ लाई प्रदान गरिएको छ । सन् २०१७ मा स्थापित भएको किताब यात्रा नेपालको सबैभन्दा ठूलो अन लाइन बुक स्टोर भएको बताइएको छ । 

अनलाइन मार्फत किताब बिक्रीवितरण गर्दै आइरहेको ‘किताब यात्रा डटकम’ ले आफ्नो अनलाइन मार्फत सर्वाधिक बिक्री भएको पुस्तकलाई अवार्ड प्रदान गर्दै आएको छ ।आफ्नो कृतिले अवार्ड पाउँदा  थप हौसला, प्रेरणा र उर्जा  मिलेको लामिछानेले बताए।  उनले किताब यात्रा डटकम परिवारलाई धन्यवाद व्यक्त गरेका छन् । 

अध्ययन, भ्रमण र लेखनमा बढी रुचि राख्ने भएका कारण नै उनले दुईवटा नियात्रा सङ्ग्रहको सृजना गरिसकेका छन् । लामिछानेले यसअघि पनि   ‘सरसर्ती संसार’ नामक पुस्तक सार्वजनिक गरेका थिए । चितवन जिल्लाको पदमपुरमा जन्मिएर मस्कोबाट इन्जिनियरिङ गरेका लामिछानेले  जर्मनीलाई कर्म थलो बनाउँदै आएका छन्  ।  उनी गैरआवासीय नेपाली सङ्घका संस्थापक सदस्य तथा पूर्व अध्यक्षसमेत समेत हुन् ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप