शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

पर्वतका सातै स्थानीय तहमा काँग्रेसको नयाँ नेतृत्व चयन

सोमबार, ११ असोज २०७८, १८ : ०२
सोमबार, ११ असोज २०७८

नेपाली काँग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत पर्वतका सातवटै स्थानीय तहमा नयाँ नेतृत्व चयन भएको छ । शनिबार शुरु भएको अधिवेशन सोमबार सकिएको हो । जिल्लाका ७ वटा पालिकामध्ये ६ वटाको अधिवेशन आइतबार भएको थियो भने पैयुँ गाउँपालिकामा सोमबार भएको निर्वाचनबाट नेतृत्व चयन भएको हो ।

कुश्मा नगरपालिकाको सभापतिमा किशोर भण्डारीले १९८ मत ल्याएर विजयी भएका छन् । उनका प्रतिस्पर्धी यदुनाथ शर्मा बास्तोलाले १३१ मत ल्याएका थिए । उपसभापतिमा राजन जोशी, कमलकान्त पाध्या, सचिवमा आरसी पौडेल, उत्तम ढकाल, सहसचिवमा पुष्कल शर्मा, शम्भुकुमार जोशी विजयी भएका छन् ।

फलेवास नगरपालिकाको सभापतिमा हीरामणि सापकोटाले १४३ मत ल्याई विजयी भएका छन् । उनका प्रतिस्पर्धी थमानसिँह थापाले ७६ मत प्राप्त गरेका थिए । उपसभापतिमा नन्दलाल शर्मा, ओम गौडेल, सचिवमा धनबहादुर थापा, चित्रप्रसाद शर्मा विजयी भएका छन् ।

मोदी गाउँपालिकामा निर्देशक लामिछानेले ५४ मत ल्याइ सभापतिमा विजयी भएका छन् । उनका प्रतिस्पर्धी दिपेन्द्रजंग लामिछानेले ३५ र पदमपाणि शर्माले ३४ मत ल्याएका थिए ।  उपसभापतिमा तिलप्रसाद पौडेल, पार्वती सुवेदी, सचिवमा कृष्ण मल्ल र जीवन्धर चापागाईं विजयी भएका छन् ।  

जलजला गाउँपालिकाको सभापतिमा इन्दुप्रकाश पौडेलले ८१ मत ल्याएर विजयी भएका छन् । उनका प्रतिस्पर्धी हरिविकास जिसीले ६६ मत प्राप्त गरी पराजित भएका हुन् ।  उपसभापतिमा सावित्रा खत्री, शशी आचार्य, सचिवमा नविन जिसी, युवराज अर्मजा, सहसचिवमा रामकुमार पौडेल र डम्बर विक विजयी भएको निर्वाचन अधिकृत भवानीशंकर पौडेलले बताए । 

पैयुँ गाउँपालिकामा डम्बर प्रधान निर्वाचित भएका छन् । उनले तोयानाथ भुसाललाई पछि पार्दै विजयी भएका हुन् । उता, महाशीलाको सभापतिमा उज्जल गुरुङ निर्वाचित भएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप