रावल र भट्टको जिम्मेवारी विवाद मिलाउने जिम्मा ओलीलाई
नेकपा एमालेले पार्टीको सुदूरपश्चिम इन्चार्ज भीम रावल कि लेखराज भट्ट भन्ने विवाद मिलाउने जिम्मा अध्यक्ष केपी शर्मा ओलीलाई दिएको छ । सोमबार बसेको स्थायी कमिटी बैठकमा सुदूरपश्चिम इन्चार्जबारे छलफल भएको र रावल र भट्टमध्ये एकलाई अर्को जिम्मेवारी दिएर मिलाउन सकिने स्थायी कमिटी सदस्य पृथ्वीसुब्बा गुरुङले बताए ।
उनले रावल र भट्टको जिम्मेवारी विवादमा उच्चस्तरीय कार्यदलका नेताहरूसँगको छलफलमा अध्यक्ष केपी शर्मा ओलीले मिलाउने बताए । ‘जेठ २ लागू भैसकेको छ । सुदूरपश्चिमको हकमा उच्चस्तरीय कार्यदलसँगको सल्लाहमा अध्यक्षले मिलाउनुहुन्छ’ नेता गुरुङको भनाइ छ ।
उनले रावल र भट्टमध्ये एकलाई सम्मानपूर्वक अर्को जिम्मेवारी दिन सकिने भन्दै १० बुँदे ९० प्रतिशत समाधान भइसकेको दावी गरे । यसअघि उपाध्यक्ष रावलले पार्टी जेठ २ मा फर्कने सहमति कार्यान्वयन नभएको भन्दै असन्तुष्ट बनेका थिए ।
त्यस्तै सोमबारको स्थायी कमिटीमा विधान महाधिवेशनमा पेश गर्नेगरी आइतबार केन्द्रीय कमिटी बैठकले पारित गरेका तीन प्रतिवेदनमाथि आएका सुझाव समेट्नेबारे सामान्य छलफल भएको गुरुले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वैशाख ३१ मा बागमती प्रदेश अधिवेशन बोलाउन दलहरू सहमत
-
आप्रवासन विभागको सदस्यमा देउवाले गरे १० जना मनोनीत
-
वायु प्रदूषण बढेकाले सावधानी अपनाउन मन्त्रालयकाे अपिल
-
सरकारले एक सय रुपैयाँको नोटमा चुच्चे नक्सा राख्ने
-
डढेलो रोक्न हेलिकोप्टर प्रयोगबारे मन्त्रिपरिषद्मा गृहमन्त्री लामिछानेको प्रस्ताव
-
सिप्रदियन सहायता संस्थाद्वारा पर्वतमा विद्यालय भवन मर्मतका लागि आर्थिक सहयोग