शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

लेखनाथको कथासङ्ग्रह ‘मार्बल हाउसकी शालिनी’ सार्वजनिक

सोमबार, ११ असोज २०७८, १६ : ४३
सोमबार, ११ असोज २०७८

स्रष्टा लेखनाथ पोखरेलको कथासङ्ग्रह ‘मार्बल हाउसकी शालिनी’ पाठकमाझ आएको छ । केही समयअघि नियात्रासङ्ग्रह ‘फकलीको गाउँ’ ल्याएका पोखरेलले मानिसले दशैँको बिदा सदुपयोग गरुन् भनेर यो पुस्तक ल्याएका हुन् । २४० पेजको यो कथासङ्ग्रहमा विभिन्न परिवेशका कथा समेटिएको छ । कृति भित्रै कै एक कथा ‘मार्बल हाउसकी शालिनी’ लाई लिएर पुस्तकको नाम राखिएको छ ।

पुस्तकमा ‘तृष्ण’, ‘ममता’, ‘विद्रोही’, ‘विकल्प’, ‘जन्मकुण्डली’, ‘प्रतिकार’, ‘मार्बल हाउसकी शालिनी’, ‘पुनर्मिलन’, ‘उज्जला’, ‘अन्ततः’, ‘कक्टेल पार्टी’, ‘गृहलक्ष्मी’ र ‘कथा यस्तो पनि’ जस्ता कथाका पन्ध्र गुच्छा समेटिएका छन् । लेखकले आफ्नै गाउँघरका विविध परिवेश र विषयवस्तुलाई समेटिएको छ । 

कृतिमा लेखकले समूद्रबाट मोती टिपझैँ टिपेका समाजभित्रका विविध वस्तुलाई उनेर तयार पारेको साहित्यकार खेमनाथ दाहालले बताए । ‘समाजमा रहेका रिती र विकृतिको अत्यन्तै सरल भाषा र पठनीय शैलीमा कथाकारले समेटेका छन्’, दाहालले भने ‘कृतिमा स्रष्टाले प्रायः सबै कथालाई नारी प्रधान कथाका रुपमा प्रस्तुत गर्नुभएको छ ।’ 

आफ्नो कृति ‘मार्बल हाउसकी शालिनी’ पाठकको मन जित्नेमा आफू आशावादी भएको लेखक पोखरेलले बताए । पत्रकार/लेखक कृष्ण भुसालले सम्पादन गरेको कृतिमा साहित्यकार खेमनाथ दाहालको भूमिका छ भने रमेश दाहालको आवरण र भाषाविन्यास रहेको छ । ईं.प्रेस प्रा.लि.मुद्रक रहेको कृतिको मूल्य ४०० रुपैयाँ राखिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप