एकदुई दिनभित्रै सरकारले पूर्णता पाउँछ : रमेश लेखक
![एकदुई दिनभित्रै सरकारले पूर्णता पाउँछ : रमेश लेखक](https://rpcdn.ratopati.com/media/albums/ramesh_lekhak_and_rishi_dhamala_at_face-to-face__2_6gyvmCx2Ef.jpg)
प्रमुख सत्तारूढ दल नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री रमेश लेखकले अबको एक/दुई दिनभित्रै सरकारले पूर्णता पाउने बताएका छन् । सोमबार काठमाडौमा भएको एक साक्षात्कारमा बोल्दै नेता लेखकले सरकारमा गठबन्धनको सहभागिता रहेकोले केही राजनीतिक र वैधानिक समस्या समाधान गर्नुपर्ने भएकोले सरकार विस्तारमा ढिलाई भएको स्पष्ट पारे । तर, अब एक/दुई दिनभित्रै सरकारले पूर्णता पाइसक्ने नेता लेखकको दाबी छ ।
‘गठबन्धनको सरकार छ । गठबन्धनमा आवद्ध ती दलहरुमा पनि विभाजन भएर आएका दलहरु छन्, उनीहरुलाई संलग्न गराएर सरकार बनाउनुपर्नेछ । राजनीतिक र वैधानिक कारणले सरकारलाई पूर्णता दिने कुरामा ढिलाई भएको छ । मन्त्रिपरिषद् विस्तार गर्ने कुरामा सबै दलका मुख्य नेताका बीचमा सम्वाद भैरहेको छ । विचार विमर्श भैरहेको छ । अब चाँडै हुन्छ’, लेखकको भनाइ छ ।
तोकिएकै मितिमा महाधिवेशन
नेता लेखकले तोकिएकै मितिमा पार्टीको १४ औं महाधिवेशनपनि सम्पन्न हुने पनि बताए । उनले भने,‘हामी १४ औं महाधिवेशनको पूर्व सन्ध्यामा छौं । महाधिवेशन प्रक्रिया सुरु भैसकेको छ । क्रियाशिल सदस्यताको विवाद छैन् । ६९ जिल्लाको क्रियाशिल सदस्यताको कामकुरा सम्पन्न भैसकेको छ । अन्तिम नामावलीसमेत प्रकाशित भैसकेको छ,’ उनले ८ जिल्लाको क्रियाशिल सदस्यताबारे निर्णयबमोजिम कार्यसम्पादन गर्ने निर्णय भैसकेको भन्दै केही काम बाँकी रहेको बताए । ‘ आज/भोलिमा यी काम सम्पन्न हुनेछ । क्रियाशिल सदस्यताको अन्तिम नामावली प्रकाशन हुन्छ र निर्वाचन समितिले पनि यसलाई प्रकाशित गर्छ’, उनको भनाइ छ ।
दसैँअघि नै ७७ वटै जिल्ला अधिवेशन सम्पन्न हुने पनि लेखकले बताए । ‘कुनै–कुनै जिल्लामा विषम परिस्थितिबाहेक २१ वटा हिमाली जिल्लामा पनि दसैंभित्रै अधिवेशन गर्ने लक्ष्य छ । दसैंअघि भित्र ७७ वटै जिल्लाको वडा र पालिकाको अधिवेशन भैसक्छन् । अहिले पनि अधिकांशको वडा र पालिका अधिवेशन सम्पन्न भैसकेको छ । महाधिवेशन तयारी अघि बढिसकेको छ । हामी समयमै महाधिवेशन गर्ने अठोटका साथ लागेका छौं’, नेता लेखकको दावी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुरक्षित इन्टरनेट सेवाबारे सरोकारवालाको छलफल
-
ग्यास लुकाएर अभाव देखाए विभागले जफत गर्ने
-
आइफाको रजत जयन्तीमा निर्देशक राकेश रोशनलाई विशेष सम्मान गरिने
-
भूमिसम्बन्धी अध्यादेशको विरोध गर्नुभनेको भूमिहीन किसानको विरोध गर्नु हो : उपमहासचिव ज्ञवाली
-
प्रभु साहको प्रश्न : शान्तिपूर्ण विरोध सभा गर्ने ठाउँ कहाँ छ ?
-
उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकमा अध्यादेशबारे छलफल