‘राधा’ को फष्टलुकमा मात्र सृष्टि !
अभिनेता सौगात मल्ल र अभिनेत्री सृष्टि श्रेष्ठको प्रेम सबैलाई थाहा भएकै विषय हो । दुबैको केही अगाडि विवाह हल्ला समेत चलेको थियो । कोरोनाका कारण विवाहको चर्चा त्यसै सेलायो । यी नै जोडी अभिनित फिल्म ‘राधा : द सेक्रेट्स अफ राधा’ को फष्टलुक सार्वजनिक गरिएको छ ।
फिल्मका निर्देशक तथा निर्माता सुवर्ण थापाले सामाजिक सञ्जालमार्फत फिल्मको एक पोष्टर फष्टलुकको रुपमा सार्वजनिक गरेका हुन् । पोस्टरमा सृष्टि गम्भीर तथा चिन्तित मुद्रामा देखिएकी छन् । थुप्रै कलाकारले भरिएको फिल्म ‘राधा’ को फष्टलुकमा सृष्‍टि मात्र समेटिनूलाई धेरैले आश्चर्य प्रकट गरेका छन् ।
निषेधाज्ञापछि छायाँकन भएको फिल्ममा सौगात र सृष्टिका अलावा खगेन्द्र लामिछाने, मेनुका प्रधान, पशुपति राई, दिव्यदेव पन्त, पुस्कर गुरुङलगायत कलाकारको पनि अभिनय छ । अभिनेता दयाहाङ राई र निश्चल बस्नेत समेत विषेश भूमिकामा देखिने फिल्म निर्देशक थापाले सौगात मिलेर बनाएका हुन् ।
आदियोगी भिजन, मण्डला अनलाइन, महारानी इन्टरटेनमेन्टको र महा प्रोडक्सनको ब्यानरमा बनेको यस फिल्ममा नरेन्द्र मैनालीको छायाङ्कन र कालीप्रसाद बाँस्कोटाको संगीत छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लोकसभा निर्वाचन : अमेठीबाट राहुल र रायबरेलीबाट प्रियंका चुनाव लड्ने
-
१४ अन्तर्राष्ट्रिय वित्तीय संस्थाका प्रतिनिधिद्वारा अर्थमन्त्रीसँग भेट
-
पोखरामा बसले स्कुटरलाई ठक्क दिँदा किशोरीको मृत्यु
-
‘खजुरे ब्रो’ विशुद्ध मनोरञ्जनका लागि बनाएको हो : निर्देशक सुरज
-
कतारका अमिरसँग प्रधानमन्त्रीले भने– नेपाल लगानीका लागि विश्वकै आकर्षक गन्तव्य
-
कर्णालीका नवनियुक्त मन्त्री परियारले लिए शपथ