ad

नेप्से परिसूचक ७३ अंकले घट्यो, कारोबार रकम ५ अर्बमा सीमित

person explore access_timeअसोज ११, २०७८ chat_bubble_outline0

सोमबार सेयर बजार परिसूचक नेप्सेमा अधिकतम ७३ अंक माथिले गिरावट आएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज परिसूचक ७३.०५ अंकले घटेर २६ सय ८५.४१ बिन्दुमा झरेको हो ।  त्यसो त अघिल्लो दिन आइतबार मात्र नेप्से परिसूचक ६१ अंक माथिले घट्दै २७ सय ५८.४८ विन्दुमा झरेको थियो ।


नेप्सेका अनुसार यसदिन ‘क’ वर्गका सेन्सेटिभ इन्डेक्स समेत अधिकतम १२.९४ अंकले घटेर ५०६.३३ विन्दुमा झरेको छ ।  यस दिन सबैजसो समूहहरु ऋणात्मक भएर बजार नै राताम्मे भएको छ । आज कुल २२७ कम्पनीका एक करोड ४ लाख ७८ हजार कित्ता बजारमा ६७ हजार ५८७ पटक किनबेच हुँदा कारोबार रकम ५ अर्ब १२ करोडमा सीमित भएको छ । 











कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।