आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

काठमाडौं ओर्लिएका ४९ यात्रु विराटनगर उडे, २३ जनाको पालो बुधबार

सोमबार, ११ असोज २०७८, १३ : ०२
सोमबार, ११ असोज २०७८

विराटनगरमा अवतरण हुन नसकी काठमाडौंमा ल्याण्ड गरिएको बुद्ध एयरका ७३ मध्ये ४९ यात्रुलाई सोमबार अर्को उडानबाट विराटनगर पठाइएको छ । बाँकी यात्रुहरुलाई भने बुधबार बिराटनगर पठाइने भएको छ । एनआई कलसाइनको उडान नम्बर–७०१ को विमान सोमबार बिहान ल्यान्डिङ गियरमा समस्या भएपछि विराटनगरमा अवतरण हुन नसकी काठमाडौं फर्किएको थियो । इमर्जेन्सी ल्याण्ड गर्ने तयारी गरिए पनि पछि पाङ्ग्रा खुलेपछि सफलतापूर्वक विमान ल्याण्ड भएको थियो ।

सोमबार फर्किएका २३ जना यात्रु बुधवार विराटनगर जाने भएका छन् । दुर्घटनाबाट बचेका कतिपय यात्रु डरका कारण दोस्रो उडानमा नगएको त्रिभुवन विमानस्थल सुरक्षा कार्यालयका एकजना अधिकृतले रातोपाटीलाई बताए । सो विमानमा सवार ७३ जना मध्ये ४९ जना यात्रुलाई बुद्ध एयरको कलसाइन ‘नोभेम्बर डेल्टा’विमान मार्फत सोमबार नै बिराटनगर पठाइएको त्रिभुवन विमानस्थल नागरिक उड्ययन कार्यालयले जनाएको छ । विराटनगरमा जानेमा दुईजना नाबालक छन् ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप