शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

प्रदेश २ : संसदीय दलको नेता छान्न लोसपा संसदीय दलको बैठक बस्दै

सोमबार, ११ असोज २०७८, १२ : १८
सोमबार, ११ असोज २०७८

नवगठित लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालको प्रदेश २ संसदीय दलको बैठक जनकपुरधाममा बस्ने भएको छ । सोमबार दिउँसो २ बजे बस्ने बैठकमा संसदीय दलको विधानमाथि छलफल हुने र संसदीय दलको नेतासमेत चयन गर्ने सो पार्टीका प्रदेशसभा सदस्य परमेश्‍वर साहले जानकारी दिए ।

आइतबार नै प्रदेश सांसदहरुलाई विधानको मस्यौदा अध्ययनका लागि दिइएको छ । सो मस्यौदामाथि छलफल गर्ने र आवश्यक संशोधन एवं परिमार्जन गरि पारित गर्ने जनाइएको छ । बैठकमा जसपाका अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो र केन्द्रिय सदस्य अनिलकुमार झासमेत उपस्थित हुने स्रोतले बताएको छ ।

लोसपाबाट प्रदेश २ संसदीय दलको नेतामा जितेन्द्र सोनललाई चयन गर्ने सम्भावना रहेको पार्टी निकट स्रोतको भनाइ छ । तत्कालीन राष्ट्रिय जनता पार्टी नेपाल प्रदेश २ प्रदेशसभामा पनि सोनल नै संसदीय दलका नेता थिए । प्रदेश २ मा लोसपाका १६ सांसद छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप