मिथिलाञ्चलमा आजदेखि जितिया पर्व
मिथिलाञ्चलको पवित्र पर्व ‘जितिया’ आजदेखि जितिया सुरु भएको छ । धार्मिक विधि अनुसार जितिया गर्ने महिलाहरुले आज एकाविहानै नुहाएर खाने परम्परा छ । यसरी धार्मिक अनुष्ठान अनुसार जितिया पर्व सुरु भएको मानिन्छ । एकाबिहानै स्नानपछि ब्रतालु महिलाहरुले घिरौँलाको पातमा भगवान जिमुतवाहन र दिवङ्गत पितृलाई चिउरा, दही, अमोट र पिना प्रसादका रूपमा चढाउने गर्छन् । आज चढाएको तेल आमाले सन्तानको शीरमा लगाएर दिर्घायूको कामना गर्ने गरिन्छ ।
पूजापछि कोदोको रोटी, नुनीको साग र माछा खाने परम्परा छ । यसलाई मैथिली भाषामा ‘माछ मरुवा’ भनिन्छ । आश्विन कृष्णपक्षको अष्टमीको दिन मनाइने यो ब्रत विशेष कठोरको रुपमा रहेको मानिन्छ ।सन्तानको दीर्घ जीवन, पुत्र प्राप्ति तथा पारिवारिक सुख शान्तिका लागि मनाइने जितिया पर्वको धार्मिक सांस्कृतिक तथा तान्त्रिक महत्व रहेको छ । यस पर्वले मिथिला महिलाको सांस्कृतिक भूमिका र महत्व पनि उजागर हुन्छ ।
राजा शालिवहानको राज्यमा एउटी आमाकी सात छोरालाई दैत्यले उठाएर लगेपछि राजाले सातै छोरालाई दैत्यबाट फिर्ता ल्याइदिएको र छोरा दीर्घ सम्म बाच्ने भएकाले आमाहरुले त्यस दिनदेखि शालिवहानलाई ‘जिमतुवाहन’ नामाकरण गरी राजाको सम्झनामा उपवास बस्न थालिएको जनविश्वास छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसएसपीहरुको सरुवा, काठमाडौँमा वसन्त रजौरे
-
पूर्वउपराष्ट्रपतिका पुत्र दीपेश फेरि पक्राउ
-
यातायात क्षेत्रमा देखिएका समस्या समाधानका लागि प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री यादव
-
मनहरिका वडाध्यक्ष खनाल कक्षा १२ को परीक्षामा सहभागी
-
इलाम र बझाङ उपनिर्वाचन : मतदानमा सहभागी हुन आयोगको अपिल
-
भोजपुर गोल्डकप : सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा