शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

मोना अमेरिकाको अध्यक्षमा सुवेदी निर्वाचित

सोमबार, ११ असोज २०७८, १० : ४९
सोमबार, ११ असोज २०७८

म्याग्दी प्रवासी नेपाली संघ (मोना )अमेरिकाको स्थापनासँगै अध्यक्ष पदमा रघु सुवेदी निर्वाचित भएका छन् । अमेरिकाको भर्जिनिया राज्यको फेयरफ्याक्समा सेप्टेम्बर २६ का दिन आयोजित कार्यक्रममा मोना अमेरिकामा विधिवत रुपमा स्थापित भएको हो ।

स्थापनासँगै अमेरिकाको लागि अध्यक्ष पदमा रघु सुवेदी, महा सचिवमा सुभाष भण्डारी ,कोषाध्यक्षमा रक्षा बानियाँ केसी लगायत बिभिन्न पदमा विभिन्न राज्यहरूबाट निर्वाचित भएका छन् ।

सेवा,समर्पण र स्थायित्व,मातृभूमि प्रति हाम्रो दायित्व नामक मूल नारा सहित सन् २००७ मा स्थापित उक्त संस्थाको विश्वका २७ देशहरुमा समिति निर्माण छ । मोना अमेरिका २७ औ कार्यकारी समिति हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप