राष्ट्रिय सम्मेलनबारे छलफल गर्न पेरिसडाँडामा माओवादी बैठक
नेकपा माओवादी केन्द्रले राष्ट्रिय सम्मेलनको प्रतिनिधि छनोट प्रक्रियाबारे टुंगो लगाउन स्थायी कमिटीको बैठक बोलाएको छ । पेरिसडाँडास्थित पार्टी मुख्यालयमा सोमबार बिहान बोलाइएको बैठकले राष्ट्रिय सम्मेलनमा सहभागी हुने प्रतिनिधिहरुको मापदण्ड तयार पार्नेछ । बैठकको एजेण्डाबारे माओवादी नेता नारायणकाजी श्रेष्ठले रातोपाटीसँग भने ‘पार्टीले राष्ट्रिय सम्मेलनको प्रतिनिधित्व प्रणाली लगायत केही टेक्निकल कुराहरु मिलाउनुपर्नेछ, त्यसैका निम्ति बैठक बस्न लागेको हो ।’
नेकपा माओवादी केन्द्रले आगामी पुस ११ गते राष्ट्रिय सम्मेलन गर्ने कार्यसूची यसअघि नै तय गरिसकेको छ । यसका लागि अहिले देशभरि वडा सम्मेलनहरू भइरहेका छन् । असोज ३० गते गाउँपालिका र नगर सम्मेलनहरू गर्ने कार्यसूची तय भए पनि दसैँको बेलामा परेकाले मिति थोरै फेरबदल हुने नेताहरुले बताएका छन् ।
माओवादीले असोज मसान्तसम्म जनवर्गीय संगठन र जातीय मोर्चाहरुको बेला गर्ने भएको छ भने मंसिर १५ गते प्रदेश सम्मेलन गर्ने कार्यतालिका बनाएको छ । त्यसपछि पुस ११ देखि १३ गतेसम्म राष्ट्रिय सम्मेलन गर्ने कार्यसूची छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज कुन तरकारी तथा फलफूलको मूल्य कति ? (सूचीसहित)
-
६ वर्ष बित्यो, सुरु भएन चक्रपथको दोस्रो खण्ड विस्तार
-
म्याग्दीको दोसल्ले गाउँबाट रु एक करोड ५० लाख बढीको सुन्तला बिक्री
-
झापामा शून्य खनजोत प्रविधिबाट मकैखेती
-
सहकारीको पैसामा मिटरब्याजको धन्दा, खाली चेक लिँदै, मुद्दा हाल्दै
-
चितवन राष्ट्रिय निकुञ्ज घुम्नेमा स्वदेशी भन्दा विदेशी बढी