मेस्सीको व्यवहारले हकिमी चकित

पेरिस सेन्ट जर्मेनका स्टार लियोनेल मेस्सीको व्यवहारले आफू चकित परेको बताउँदै अरचफ हकिमीले उनी ड्रेसिङरुममा ‘सामान्य र शान्त’ रहेको बताएका छन् । बार्सिलोनाको आर्थिक संकटबीच २१ वर्षपछि क्लब छाडेर मेस्सी हालैमात्र पीएसजीसँग आबद्ध बनेका हुन् । ३४ वर्षीय खेलाडीले २ क्लबसँग दुई वर्षको करार गरेका छन् । हकिमी भने मैदानबाहिर उनको शान्त स्वभाव देखेर चकित छन् ।
‘उनीसँग प्राविधिक समझदारी बनाउन सजिलो छ । म उनलाई बल दिन्छु अनि म कुद्छु । उनले जहाँ चाहिन्छ त्यहाँ बल फालिदिन्छन्,’ पीएसजीका फूल ब्याकले भने । उनी पनि यही ट्रान्सफर विन्डोमा पीएसजीमा आबद्ध भएका हुन्, ‘म उनको व्यवहार देखेर निकै चकित भएँ, उनी सामान्य र शान्त छन् ।’
मेस्सीसँग खेल्न पाउँदा आफू निकै हर्षित भएको पनि उनी बताउँछन् । ६ पटकको बालोन डि’ ओर विजेतासँग खेल्दा टोलीका अन्य सदस्यहरूको पनि खेलमा सुधार हुने उनको भनाइ छ ।
गत अगस्त २९ मा रेमिसविरुद्ध पीएजीका लागि डेब्यू गरेका मेस्सीले क्लब ब्रगविरुद्ध च्याम्पियन्स लिगमा पूर्ण सुरुवात गरेका थिए । १–१ को बराबरीमा सकिएको उक्त खेलमा मेस्सीले सामान्य प्रदर्शन गरेका थिए । त्यस्तै, गत हप्ता लियोनविरुद्ध २–१ को जीत हासिल गर्दा पनि मेस्सी खुलेर खेल्न सकिरहेका थिएनन् । उनलाई दोस्रो हाफको मध्यतिर सब्सटिट्युट गरिएको थियो । त्यसपछि चोटका कारण उनले लिगका दुई खेल गुमाए । मंगलबार म्यानचेस्टर सिटीविरुद्धको खेलमा उनी फर्कने आशा गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गोदावरीमा जैविक प्रविधिमार्फत पहिरो नियन्त्रण
-
रातो मच्छिन्द्रनाथको रथबाट खसालियो नरिवल (तस्बिरहरू)
-
काठमाडौँको ठमेलमा विद्युत् सर्ट हुँदा आगलागी
-
गणतन्त्रको विकल्प राजतन्त्र हुन सक्दैन : चित्र बहादुर केसी
-
फरक मत व्यवस्थापन गर्न नसक्दा माओवादीमा शृङ्खलाबद्ध टुटफुट
-
कुलेखानी तेस्रो जलविद्युत आयोजनाको युनिटमा समस्या