बुधबार, ०५ वैशाख २०८१
ताजा लोकप्रिय

भरतपुर महानगर सभापतिमा पौडेल पक्षीय चित्रसेन अधिकारी विजयी

सोमबार, ११ असोज २०७८, ०८ : ५५
सोमबार, ११ असोज २०७८

नेपाली काँग्रेस भरतपुर महानगरपालिकाको सभापतिमा चित्रसेन अधिकारी विजयी भएका छन् । सोमबार बिहान सकिएको मतगणनाअनुसार चित्रसेनले निकटतम प्रतिद्वन्द्वी भरत अधिकारीलाई  १ सय ३ मतले पराजित गरेका हुन् ।

उनी वरिष्ठ नेता रामचन्द्र पौडेल निकट चित्रसेन ६४९ मत प्राप्त गर्दा भरतले ५४६ मत मात्रै ल्याए ।

चित्रसेन भरतपुर महानगरपालिका वडा नम्बर २१ का वडाध्यक्ष पनि हुन्।​ यस्तै  चितवनको रत्नपनगर सभापतिमा भने सभापति शेरबहादुर देउवा पक्षीय प्रह्लाद सापकोटा विजयी भएका छन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप