शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

हर्षलको ह्याट्रिकमा यूएईमा बैंग्लुरुको पहिलो जीत

सोमबार, ११ असोज २०७८, ०८ : २८
सोमबार, ११ असोज २०७८

आईपीएलको दोस्रो चरणको खेल अन्तरगत आइतबार रोयल च्यालेन्जर्स बैंग्लुरु र मुम्बई इन्डियन्सलाई ५४ रनले पराजित गरेको छ । बैंग्लुरुले मुम्बईसामु जितका लागि १ सय ६६ रनको लक्ष्य प्रस्तुत गरेको थियो । तर, मुम्बईले १ सय ११ रन मात्र बनाउन सक्यो ।

जीतसँगै बैंग्लुरु १० खेलबाट १२ अंक बटुल्दै अंक तालिकाको तेस्रो स्थानमा रहेको छ । टोलीको प्लेअफमा पुग्ने सम्भावना बलियो बनेको छ । बैंग्लुरुले यूएईमा ७ खेलपछि पहिलोपटक जीत हासिल गरेको हो । उता, हारसँगै मुम्बई अंक तालिकाको सातौँ स्थानमा खस्किएको छ ।

खेलमा युवा बलर हर्षल पटेलले १७ औँ ओभरमा शानदार बलिङ गर्दै ३ बलमा लगातार ३ विकेट लिए । उनले हार्दिक पाण्ड्या, किरोन पोलार्ड र राहुल चाहरलाई आउट गर्दै आफ्नो ह्याट्रिक पुरा गरे । हर्षल बैंग्लुरुका लागि ह्याट्रिक लिने तेस्रो बलर हुन् । आईपीएलको इतिहासमा यो २० औँ ह्याट्रिक थियो । आईपीएलमा अमित मिश्राले सर्वाधिक ३ तथा युवराज सिंहले दुईपटक ह्याट्रिक लिएका छन् ।

मुम्बईका लागि कप्तान रोहित शर्माले सर्वाधिक ४३ रनको योगदान दिए भने क्विनटन डि ककले २४ रन बनाए । त्यसपछि भने कसैले दोहोरो अंकमा रन जोड्न सकेनन् । पटेलले चार विकेट लिए भने युजवेन्द्र चहालले ३ विकेट तथा ग्लेन म्याक्सवेलले २ विकेट लिए ।

यसअघि, बैंग्लुरुका लागि म्याक्सवेलले सर्वाधिक ५६ तथा कप्तान विराट कोहलीले ५१ रनको योगदान दिएका थिए । मुम्बईका लागि जसप्रित बुमराहले ३ विकेट लिए ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप