फोक्सोमा गम्भीर रोग लागेको ५ संकेत
कुनै रोगले गम्भीर रुप नलिएसम्म धेरैलाई आफूलाई लागेको रोगको बारेमा जानकारी नै हुँदैन । हाम्रो शरीरका हरेक अंगमा फरक प्रकृतिका रोगहरु लाग्ने गर्छन् । जसमा फोक्सो पनि एक हो । फोक्सोमा गम्भीर रोग लाग्ने गर्छन् । तर, फोक्सो खराब हुनु अगाडि नै विभिन्न प्रकारका संकेतहरु देखिन्छन् । फोक्सोमा देखिने केही लक्षणहरुलाई विशेष ध्यान दिन आवश्यक छ । जसले गर्दा फोक्सोलाई खराब हुनबाट बचाउन सकिन्छ ।
छातीमा पीडा
एक महिना वा त्यसभन्दा बढी छातीमा पीडा हुनु गम्भीर रोगको संकेत हो । खोकी लाग्ने वा स्वासप्रश्वासमा समस्या भएमा छातीमा पीडा हुन्छ । यसलाई बेवास्ता नगर्नुस् ।
कफ
इन्फेक्सन र जलनबाट बच्नका लागि स्वास नलीमा कफ निर्माण हुन्छ । यदि कसैलाई एक महिनाभन्दा धेरै कफको समस्या भएमा फोक्सोमा गम्भीर रोग लागेको संकेत हुनसक्छ ।
अचानक तौल घट्नु
यदि विशेष डाइट वा वर्क आउटका कारण तौल घट्छ भने त्यसलाई सामान्य मानिन्छ । तर, अचानक तौल घट्नु शरीरभित्र ट्युमर बढ्नुको संकेत पनि हुनसक्छ ।
स्वासप्रस्वासमा परिवर्तन
यदि सास फेर्न समस्या हुन्छ भने यसको सीधा सम्बन्ध फोक्सोसँग हुन्छ । फोक्सोमा कुनै समस्या भएमा सास फेर्न मुश्किल हुन्छ । फोक्सोमा ट्युमर वा कोर्सिनोमाको कारण बनेको हावा पास हुने नलीलाई ब्लक गर्छ जसले गर्दा सास फेर्न समस्या हुन्छ ।
खोकी
लगातार ८ हप्तासम्म खोकी लाग्नु वा खकारमा रगत देखिनु शरीरमा स्वासप्रश्वास प्रणालीमा समस्या हुनु हो । यस्तो समस्या देखिएमा तुरुन्तै डाक्टरको सल्लाह लिन आवश्यक छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चितनको माडीमा १२ सय परिवार गरिब
-
रुसका रासायनिक सुरक्षा बल प्रमुखको हत्या आरोपमा उज्बेकिस्तानी युवक पक्राउ
-
विदेशिक रोजगारीमा जानेको स्वास्थ्य परीक्षण कार्य सुधारका लागि प्रतिवेदनमाथि छलफल
-
१२ बजे, १२ समाचार : नेपालबाट चीनमा मासु निर्यातका लागि सम्झौतादेखि दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्न आदेशसम्म
-
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
-
काठमाडौँको चन्द्रागिरीमा १७ वर्षीया किशोरीको हत्या