शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

प्रदेश २ मा जसपाको बैठक: एक व्यक्ति एक पदको अवधारणामा छलफल

सोमबार, ११ असोज २०७८, ०६ : ३६
सोमबार, ११ असोज २०७८

जनता समाजवादी पार्टी (जसपा) नेपालको मधेस समिति बैठकमा पार्टीभित्र एक व्यक्ति, एक पदको अवधारणामाथि व्यापक छलफल भइरहेको छ । आइतबार जनकपुरधाममा पार्टी सङ्गठन सुदृढीकरण र जनजागरण अभियान अन्तर्गत समीक्षा गर्ने क्रममा एक व्यक्ति, एक पदको अवधारणामाथि छलफल भइरहेको बैठकमा सहभागी नेताहरूले जानकारी दिएका हुन् ।

जसपाका अध्यक्ष उपेन्द्र यादवको उपस्थितिमा भएको बैठकमा तत्कालीन राजपा र तत्कालीन समाजवादी पार्टीका नेता तथा कार्यकर्ताको समायोजन, नयाँ तथा पुराना नेता तथा कार्यकर्ताको व्यवस्थापन र सङ्गठन मोडालिटी बारे पनि छलफल भएको केन्द्रीय सदस्य तथा पूर्व आन्तरिक मामिला तथा सञ्चार मन्त्री ज्ञानेन्द्रकुमार यादवले जानकारी दिए ।

उनले अहिले जसपाभित्र एकै व्यक्तिले सङ्गठनका विभिन्न महत्त्वपूर्ण पदहरू एकै व्यक्तिले ओगटेर बस्दा कुनै पनि काम प्रभावकारी ढङ्गले निर्वाह गर्न नसकिरहेको अवस्थामा रहेको बताए । उनले भने– एक नेताले विभिन्न पद ओगटेर बस्दा उनमा अहङ्कार भाव उत्पन्न भएर पार्टी सङ्गठनलाई क्षति पुग्ने गरेको अनुभव साझा गर्दै बैठकमा सो अवधारणा माथि गम्भीर रूपमा बहस भएको छ ।

यादवले समायोजनका लागि नयाँ मोडालिटी तयार पारी ७ सदस्यीय सुझाव समिति गठन भएको पनि जानकारी दिए । उनले भने– सो समितिले तयार पारेको प्रतिवेदन पर्सी हुने प्रदेश २ को केन्द्रीय सदस्य समिति बैठकमा पेस हुने र अनुमोदन गरिने छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप